अजय यादव वियोगी
कलैया ,बारा
बाराको कलैया उपमहानगरपालिका स्वास्थ्य शाखाका आयोजनामा महिनावारी स्वच्छता दिवसको अवसरमा कलैया उपमहानगरपालिकाको सभाहलमा वक्तृकला प्रतियोगिता सम्पन्न भएको छ ।स्वास्थ्य शाखाका प्रमुख अजय जयसवालको अध्यक्षतामा भएका यो प्रतियोगिताको प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका मेयर विनोद साह रहनु थियो।अतिथिहरुमा शिक्षा शाखाका प्रमुख राजिव यादव,मुकेश कुमार गुप्ता लगायतका रहनु भएको थियो ।कलैया उपमहानगरपालिका भित्रका २० मावि मध्ये १३ मावि का विद्यार्थीहरुको सहभागिता रहेको थियो। जसमध्ये दुर्गा माविका छात्रा रेखाकुमारी पटेल प्रथम, जनता माविका छात्रा निशा यादव दोस्रो ,बसतपुरमा माविका छात्रा रधिका साह तेस्रो र धर्मनगर माविका छात्रा निमिसा यादवलाई सान्तवना पुरुस्कारबाट सम्मानित गरिएको अायोजक स्वास्थ्य शाखाले जानकारी दिएका छन् ।यस्ता कार्यक्रमले बिधार्थीको वृद्धि विकास तथा सोचाई महत्त्वपूर्ण भूमिका खेल्ने कलैया उपमहानगरपालिकाका मेयर एवम् प्रमुख अतिथि विनोद साहले बताउनुभयो ।छोरीहरुले देखाउनु भएको अदम्य साहसको सराहना गर्दे कलैया उपमहानगरपालिका भित्र सबैको भावना बमोजिम काम गर्दे गएको शिक्षा ,स्वास्थ्य बढी जोड रहेको पनि प्रमुख अतिथि साहले बताउनुभयो।
प्रतिक्रिया