Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

नेपाल मोबाइल वितरक संघको अध्यक्षमा रघु त्रिपाठी निर्विरोध निर्वाचित

काठमाडौं । मोबाइललाई आजको युगमा समाजको अपरिहार्य उपभोग्य वस्तुको रूपमा लिइनछ। त्यसको वितरण तथा आपूर्ति प्रणालीमा सक्रिय व्यवसायीहरूको छाता स...

काठमाडौं । मोबाइललाई आजको युगमा समाजको अपरिहार्य उपभोग्य वस्तुको रूपमा लिइनछ। त्यसको वितरण तथा आपूर्ति प्रणालीमा सक्रिय व्यवसायीहरूको छाता संस्था नेपाल मोबाइल वितरक संघको तेस्रो महाधिवेशनबाट रघु त्रिपाठी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन।
नगरकोटस्थित रत्नागिरी होटलमा चैत २२ गते सम्पन्न महाधिवेशनले त्रिपाठीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। नवगठित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा हरि केसी, उपाध्यक्षमा राम नारायण दास, महासचिवमा बाल नरसिंह कुँवर, सचिवमा नवीन बाँस्तोला, कोषाध्यक्षमा रामचन्द्र श्रेष्ठ तथा सह–कोषाध्यक्षमा विनोद केसी चयन भएका छन।
त्यसैगरी, कार्यसमितिका सदस्यहरूमा दिपेन्द्र चौलागाईं, विजय चौधरी, निकित अग्रवाल, श्रीशान्त थापा, दीपक कोइराला, चित्र बस्नेत तथा निशान्त कुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन।
कार्यभार सम्हाल्ने क्रममा अध्यक्ष त्रिपाठीले संघलाई थप जुझारू, सशक्त र सुसंगठित बनाउँदै मोबाइल व्यवसायमा देखिएको अव्यवस्था, अनियमितता र अवैध कारोवारलाई निरूत्साहित गर्न सम्पूर्ण व्यवसायीहरूलाई एकीकृत रूपमा अघि बढ्न आहवान गरे। उनले भने, "मोबाइल फोन आयातकर्ता संघ तथा मोबाइल व्यवसायी महासंघसँग सहकार्य गरेर व्यवसायको न्यायोचित रक्षा, लगानीको सुरक्षा र स्थायीत्वका लागि संघ क्रियाशील रहनेछ।"
उनका अनुसार, करिब ९ वर्षअघि स्थापित यो संघ व्यवसायीहरूको लगानी सुरक्षित राख्न र व्यवसायिक हक–हितको संरक्षण गर्न क्रियाशील रहँदै आएको छ। बैंकबाट ऋण लिएर सञ्चालन भइरहेका मोबाइल व्यवसायहरू न्यून प्रतिफलको कारण धराशायी हुने अवस्थामा पुगेको र नयाँ व्यवसायीको सहभागीता घट्दो क्रममा रहेको उल्लेख गर्दै त्रिपाठीले थप सुधारका लागि सबै व्यवसायीहरूको एकता अपरिहार्य भएको बताए।
संघका नव–निर्वाचित सचिव नवीन बाँस्तोलाले संघको पदस्थापन कार्यक्रम, स्मारिका तथा क्यालेन्डर विमोचन, साथै पूर्व कार्यसमितिलाई सम्मान तथा बिदाइ कार्यक्रम २०८२ साल बैशाख २६ गते काठमाडौंमा एक भव्य समारोहका साथ आयोजना गरिने जानकारी दिए।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content