Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

वीरगंजमा आतिशबाजी एवं डिजेमा प्रतिबन्ध लगाइँदै

वीरगंज, १७ वैशाख । वीरगंजमा बिहे,  ब्रतबन्ध, पार्टी उत्सव तथा कुनै पनि समारोहमा आतिशबाजी गर्न पूर्ण रूपमा बन्देज लगाइएको छ । आज जिल्ला प्रश...

वीरगंज, १७ वैशाख । वीरगंजमा बिहे,  ब्रतबन्ध, पार्टी उत्सव तथा कुनै पनि समारोहमा आतिशबाजी गर्न पूर्ण रूपमा बन्देज लगाइएको छ ।
आज जिल्ला प्रशासन कार्यालयको सभाहलमा  प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको सरोकारवालाहरूसंगको बैठकमा उक्त निर्णय भएको बैठकमा सहभागी  होटल तथा पर्यटन ब्यबसायी संघका अध्यक्ष हरि पन्तले बताए ।  
बैठकमा जिल्लाका प्रहरी प्रमुख गौतम मिश्र, सशस्त्र प्रहरीका प्रमुख राधेश्याम धिमाल सहित वीरगंजमा संचालित पार्टी प्यालेसहरूका संचालक  एवं प्रबन्धकहरूको  सहभागीता रहेको अध्यक्ष पन्तले बताए ।
बैठकले जिल्लामा हुने ध्वनि प्रदुषणलाई मध्यनजर गर्दै डिजेलाई पनि अब क्रमश निरूत्साहित गर्दै जाने सहमति भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।  उनले हाललाई डिजे राति १० बजे पछि पूर्णरूपमा रूपमा निषेध गर्ने सहमति भएको र तुरून्तै अन्य सरोकारवालाहरूसंग पनि बैठक बसेर डिजेलाइ पर्सा जिल्लामा पूर्ण रूपमा प्रतिबन्ध  गरिने  बताए ।
जिल्ला प्रहरी प्रमुख गौतम मिश्रले बैठकमा भएको सहमतिलाई सबैले अक्षरसः पालना गर्नु पर्ने र त्यसो नभए उल्लंघन गर्नेलाइ कार्बाहीको दायरामा ल्याउने बताए । त्यसैगरी सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले सिमाबाट नियम बिपरित भित्रिने डिजेका उपकरण, पटाका एवं आतिसबाजी जन्य पदार्थहरूमा कडाइका साथ चेकजाँच गरिने बताए ।
बैठकमा होटल तथा पर्यटन ब्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले पार्टी प्यालेस बूक हुँदा प्रायः अग्रिम बुकिङ हुने हुँदा अधिकान्स बुकिङ डिजे सहित नै बुक भएकोले अहिले नै डिजेलाई तुरून्तै पुर्णरूपमा बन्द गर्ने अवस्था नरहेकोले यसको लागि केही समय मागिएको र सोही बमोजिम हाललाई पार्टीहल भित्र १० बजे पछि मात्र  डिजे  निषेध गरिने बताए।
उक्त बैठकमा संघका महासचिव माधब बस्नेत, आन्तरिक राजस्व कार्यालय पर्साका करअधिकृत, पर्यटन कार्यालय पर्साका प्रमुख लगायत पार्टी प्यालेसका संचालकहरूको उपस्थिति थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content