Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराको उत्कृष्ट पालिका पचरौता नगरपालिका द्वारा -८ लंगडा चौकमा भव्य होली मिलन समारोह सम्पन्न, जिल्लाकै उत्कृष्ट मेयर एवम् प्रखर वक्ता जलन्धर सिँहले बजार सेड बनाउने गरे उद्घघोष "

अजय यादव वियोगी  कलैया ,बारा  "बाराको उत्कृष्ट पालिका पचरौता नगरपालिका द्वारा -८ लंगडा चौकमा भव्य होली मिलन समारोह सम्पन्न जिल्लाकै उत्...
अजय यादव वियोगी 
कलैया ,बारा 
"बाराको उत्कृष्ट पालिका पचरौता नगरपालिका द्वारा -८ लंगडा चौकमा भव्य होली मिलन समारोह सम्पन्न जिल्लाकै उत्कृष्ट मेयर एवम् प्रखर वक्ता जलन्धर सिँहले बजार सेड बनाउने गरे उद्घघोष "


बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिका द्वारा -८ लंगडा चौकमा भव्य होली मिलन समारोह सम्पन्न भएको छ।पचरौता नगरपालिकाका मेयर एवम् प्रखर वक्ता जलन्धर सिँहको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि पुर्व मन्त्री एवम् बारा-३ कि साँसद ज्वाला कुमारी साह रहेकि थिईन।विशिष्ट अतिथिहरुमा नेकपा एमालेका नेता एवम् संविधानसभा सदस्य बलविर चौधरी ,बाराका प्रजिअ बसन्त अधिकारी ,पचरौता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र परियार लगायतका रहनु भएको थियो।अतिथिहरुमा पचरौता नगरपालिका -८ का वडाध्यक्ष प्रेमनारायण चौधरी ,९ नम्बरका वडाध्यक्ष गगनदेव प्रसाद यादव ,वडा नम्बर -७ बनारसी मुखिया बिन ,वडा नम्बर -३ का वडाध्यक्ष एवम् सन्त नेता धेनुक पटेल ,वडा नम्बर -६ का वडाध्यक्ष मकबुल अंसारी , पचरौता नगरपालिकाका पुर्व प्रमुख प्रशासकीय अधिकृत गौरी साह,  शिक्षा सह-संयोजक  मुकेश कुमार पटेल ,नेकपा एमालेका नेता भैयाराम सहनी ,सुरेश यादव ,सदिश यादव ,अजय चौधरी लगायत पचरौता नगरपालिकाको नगरकार्य समिति सदस्यहरु रहनु भएको थियो।हजारौं हजारको भिडले पचरौता नगरपालिका रंगै रंगको पर्व होली पर्वको संरक्षण गरेको भन्दै सबैतिर खुशीयाली हुनुको साथै सबैले मनमोहित भएका थिए।विगत २०८० सालमा होली मिलन समारोह गरेका पचरौता नगरपालिकाले सोहीलाई निरन्तरता दिई  भव्य र सभ्यढंगले होली पर्व मनाउने पर्ने संदेश दिदै आएकाले होली  पर्व मनाउनका लागि उत्प्रेरित गरेको हो ।लोक आस्थाको  पर्व ,रंगै रंगको पर्व ,वसन्त ऋतुको आगमनको पर्व ,खुशीयाली साटासाटको पर्व होली पर्वलाई बचाउनको लागि बाराको उत्कृष्ट पालिका पचरौता नगरपालिकाले गरेको काम वक्ताहरु सराहना गरेका थिए।पचरौता नगरपालिकाले विगतमा पनि साँस्कृतिक कार्यक्रम गरी होली पर्व मनाएका थिए ।यसपालि अर्थात २०८१ मा पनि साँस्कृतिक कार्यक्रम गरेर नै होली पर्व मनाएका छन्।साँस्कृतिक कार्यक्रमका लागि भारतीय कलाकार भोजपुरी गायिका एवम् मोडलिङ्ग निशा दुवे भोजपुरी गायक साहिल पटेल ,नेपालका  चर्चित भोजपुरी गायक एवम् गीतकार अनिल वर्मा लगायतकाको प्रस्तुतिले लंगडा चौक  नै रंगिन हुन पुगेका थिए।हजारौं हजारको भिडले होली मिलन समारोहको रौनकता नै बढाएको थियो । भोजपुरी गायिका निशा दुवेले दर्शक तथा उपस्थित सबैलाई झुमाई दिएकि थिईन।सदा आनन्द रहे एेही द्वारे ,मोहन खेले होली हो ,एक अोरी राधे खेल‌े यस्तै होली खेले नन्दलाला ,कान्हा खेले होली , होलीको गीतले माहौल झन् मनमोहक बनाएका थिए।यस्तै भोजपुरी गायक साहिल पटेलले दर्शकलाई लोक गीत शैलीमा नै होली गीतले झुमाएका थिए । भोजपुरी गायक अनिल बर्माले पचरौता सरकारले के -के गरे सबैलाई समेटेर गाएको गीत सबैलाई खुबै चाँसो लागेका थिए ।विगतमा नेता जलन्धर सिँहले घोषणा गर्नुभएको एमबिबिएसका लागि  छात्रवृत्ति ,अन्य कलेजमा पढ्नका लागि दिएको छात्रवृत्ति ,पचरौता नगरपालिकाले जमुनि सिंचाइमा गर्दे अाएको मुअब्जा,पम्प बोरिङ ,नि:शुल्क कृषि मिटर ,मावि विधालयको अत्याधुनिक काम  साथै बेनौलि माविमालाई नमुना बनाउनु , स्वास्थ्य तथा भौतिक पुर्वाधारलाई समेटेर गाएको  गीत कार्यक्रम प्रमुख नै गीत बन्न पुगेका थिए।विगतको कामले अहिले सार्थकता पाउँदै गएकोमा गौरवान्वित भएको गायक बर्माले गाएकोगीतबाट प्रष्ट भएको थियो।प्रमुख अतिथि बारा निर्वाचन क्षेत्र -३ कि साँसद एवम् पुर्वमन्त्री ज्वाला कुमारी साहले पचरौता नगरपालिकाले होली मिलन समारोह राखेर सबैको दिल जित्न सफल भएको बताईन।विगतमा पनि पचरौता नगरपालिकाले गरेको कामले अाफु परिचित भएको  र देशकै कृषि मन्त्री हुँदा बारामा रहेको १६ पालिकाहरुलाई दिएको सहयोग अहिले ताजगी नै रहेको बताईन।जसमध्ये पचरौता नगरपालिकालाई कृषिमा हुने सुधारका लागि सक्दो सहयोग गरेको  र पुन: अाफुसँग हुने सबै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन।प्रमुख अतिथि एवम् पुर्व कृषि मन्त्री साहले भनिन् आफ्नै पालामा मैले देशकै नाम रोशन गर्न तथा किसानको सम्मानका लागि सुन्तलालाई राष्ट्रिय फल घोषणा गराउन सफल भएकोमा अाफु सधैं किसानकै बोली बोल्दै अाएको बताईन।होली पर्व लोक संस्कृति पर्व भएकाले यसको संरक्षण पचरौता नगरपालिका र अहिलेको मेयर जलन्धर सिँहले केही खाका बनाएर निरन्तरता दिदै गए  पर्यटनको केन्द्र बनाउने सक्ने पनि प्रमुख अतिथि साहले बताईन।पचरौता नगरपालिकाले -८ लंगडा चौकमा नै रहेको सार्वजनिक जग्गामा बजार सेड बनाएर बजार लगाउने उद्घघोष बाराका उत्कृष्ट पचरौता नगरपालिकाका मेयर एवम् प्रखर वक्ता जलन्धर सिँहले होली मिलन समारोहमा बताउनुभयो ।पचरौताको जनताको निम्ति जस्तोसुकै बलिदान दिनको लागि आफु तयार रहेको र जनताको सुखदुःखमा साथ रहेको पनि  उत्कृष्ट मेयर सिँहले बताउनुभयो ।होली मिलन समारोह २०८० पचरौता नगरपालिका -४ बेलदारीमा गरिएको सम्झना गर्दे अहिले २०८१ मा पचरौता नगरपालिका -८ लंगडा चौकमाहोली मिलन समारोह गरेर पदम हुलाकी सडक खण्डको बारेमा बताई दिएको वहाँले बताउनुभयो। पचरौताले राम्रो काम गरेको  पनि वहाँले बताउनुभयो।होली मिलन समारोहले भाईचार ,बन्धुत्व मनमुटाव तथा सौहार्दपुर्ण वातावरण बनाएको पनि मेयर एवम्  प्रखर वक्ता  सिँहले बताउनुभयो।पचरौता नगरपालिमा मात्र नभई जिल्लाभरिमै  जसले जातको मानजानी गरेको हो उसको राजनीति पृष्ठभूमि समाप्त भएको बताउनुभयो । जनता नै सर्वपरि हो पचरौता नगरपालिकाले गरेको अधिकाँश काम स्पष्ट झल्न थालेको हो। केही विपक्षीहरुले बाधा अवरोध गरेर केही काम रोक्ने प्रयास गरेको भए  सो काम कुनै पनि हाल्तमा नरोकिने पनि वहाँले बताउनुभयो।कार्यक्रममा सहयोग गर्नुहुने सम्पूर्णलाई पचरौता नगरपालिकाको तर्फबाट मेयर सिँहले धन्यवाद प्रकट गर्दे होलीको शुभकामना समेत दिनुभयो।कार्यक्रमको सञ्चालन पचरौता नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर -५ का वडाध्यक्ष लक्ष्मी यादवले गर्नुभएको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content