Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

कपिलवस्तुको विजयनगरमा दाेस्राे अध्यक्ष कप प्रतियोगिता सुरु"

धर्मेन्द्र कुमार कुर्मी (चौधरी ) कपिलवस्तु   कपिलवस्तुको विजयनगरमा दाेस्राे अध्यक्ष कप प्रतियोगिता सुरु" कपिलवस्तुकाे विजयनगर गाउँपालिक...

धर्मेन्द्र कुमार कुर्मी (चौधरी )
कपिलवस्तु 
 कपिलवस्तुको विजयनगरमा दाेस्राे अध्यक्ष कप प्रतियोगिता सुरु"
कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा दाेस्राे अध्यक्ष कप प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ४ मा रहेको शंकरपुर खेल मैदानमा अध्यक्ष कप प्रतियोगिता सुरु भएको छ। ‘स्वास्थ्यकाे लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूलनाराका साथ अध्यक्ष कप सञ्चालन गरिएको हो। गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापा मगरले शनिबार अध्यक्ष कपकाे प्रतियोगिताकाे उद्घाटन गरेका हुन् ।कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले शिक्षासँगै खेलकुदलाई प्राथमिकतामा राखेकाे बताएका छन् । अध्यक्ष कपले युवालाई खेलप्रति आकर्षण बढाएको उनले बताए  । वडागत रुपमा सहभागी गराई प्रतियोगिता सञ्चालन गरिएको बताउँदै स्थानीय खेलाडी उत्पादनमा अध्यक्ष कपले महत्त्वपूर्ण भूमिका खेल्ने उनकाे भनाइ छ । समग्र गाउँपालिकाकाे पहिचानसँगै खेलकाे क्षेत्रमा विकास हुने अध्यक्ष थापाले बताए ।यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालले खेललाई मर्यादित बनाउनुपर्नेमा जाेड दिए । खेलकाे नियम, पद्धति र विधिमा रही खेललाई अगाडी बढाउँदै लैजानुपर्ने बताउँदै साैेहार्दपूर्ण वातावरण बनाउन खेल व्यवस्थापन समिति र सहभागी खेलाडीलाई उनले आग्रह गरे ।यसैगरी शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले अध्यक्ष कप प्रतियोगितामा फुटबल, भलिबल र क्रिकेट खेल खेलाइने जानकारी दिए । प्रतियोगितामा वडागत रुपमा खेलाडी सहभागी भएको बताउँदै शनिबारदेखि सुरु भएको अध्यक्ष कप २० गते सम्पन्न हुने  अायोजक कमिटीले श्री गढीमाई राष्ट्रिय  दैनिकलाई जानकारी दिएका छन् ।कार्यक्रममा २ का वडा अध्यक्ष नेपाल चाैधरीकाे शुभकामना मन्तव्य र शिक्षक जीवलाल भुषालकाे सञ्चालनमा अध्यक्ष कप सुरु भएको थियोे ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content