अजय यादव वियोगी
कलैया ,बारा
हेल्पिङ हैन्ड यूथ सोसाइटी कलैया बारा द्वारा जिल्ला स्तरीय +२ हाजिरी जवाफ प्रतियोगिता -२०८१ कलैयाको मनकामना कलेजको सभा हलमा सम्पन्न भएको छ। कार्यक्रमकका प्रमुख अथिति जिल्ला प्रहरीकार्यालय बाराका प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङको प्रमुख आथित्व र शुभ श्री कलेजका प्रबन्धकको विशेष अातिथ्यमा मनोकामना कलेजका संस्थापक रामबाबु कुशवाहा ,अतिथिहरु चन्द्रिका पटेल अकाश प्रसाद , सचिन प्रसाद र संस्थाका सम्पुर्ण सदस्यहरु र मोटिभेसनल प्रशिक्षक प्रदीप कुमार साह सहभागिता रहेको थियो । कार्यक्रममा श्री नेपाल रास्ट्रिय माध्यमिक बिधालय पिपरपाति पचरौताले प्रथम , उमजन मावि दोस्रो ,श्री नेपाल रास्ट्रिय माध्यमिक बिधालय बबुवाइनले तेस्रो , श्री अमर मावि चौथो स्थान हासिल गरेको थिए।बारा जिल्लाको २२ वटा बिधालयको सहभागिता रहेको थियो। कार्यक्रममा मुख्य सहयोगि शुभश्री कलेज काठमाडौं , कलैया उपमहानगरपालिका , प्रगति एजुकेसन फाउन्डेसन रहेको थियो ।
प्रतिक्रिया