अजय यादव वियोगी
कलैया ,बारा
”
मिति २०८१ फल्गुन १३ गते बिहान अं ०९:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगंज, बाराबाट प्र.ब.ना.नि. टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बारा, जीतपुरसिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज चोक स्थितमा हेटौडाबाट वीरगंज जादै गरेको बा ६३ प ८२६२ नम्बरको २२० सि.सि.को पल्सर मोटरसाईकल शंकास्पद लागि रोकी चेक जाँच गर्दा सिटमुनि लुकाई छिपाई लगि रहेको निम्न वमोजिमको लागू औषध अफिम जस्तो पदार्थ वरामद गरी मानिस समेत नियन्त्रणमा लिई लागू औषध मुद्दा दर्ता गरी सम्मानित बारा जिल्ला अदालत कलैयाबाट १० (दस) दिन म्याद लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका छन्। प्रकाउ परेका व्यक्ति मोटरसाइकल चालक जिल्ला मकवानपुर कैलाश गा.पा. वडा नं. ६ पकनी बस्ने अं.बर्ष २१ को रबिन्द्र मोक्तान........१
बरामद लागू औषध:-
१ किलो ७५० ग्राम लागू औषध अफिम जस्तो पदार्थ (३ वटा गोला) जस्तो देखिएको प्रहरीले जानकारी दिएका छन् ।
प्रतिक्रिया