Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

मधेश प्रदेशमा अपराध अनुसन्धान प्रभावकारी बनाउन छलफल

जनकपुर, १३ फागुन । मधेश प्रदेशमा अपराध अनुसन्धानसम्बन्धी समस्याहरूको समीक्षा गर्दै समाधानका उपायहरू खोज्न जनकपुरमा प्रदेश स्तरीय समीक्षात्म...

जनकपुर, १३ फागुन ।
मधेश प्रदेशमा अपराध अनुसन्धानसम्बन्धी समस्याहरूको समीक्षा गर्दै समाधानका उपायहरू खोज्न जनकपुरमा प्रदेश स्तरीय समीक्षात्मक गोष्ठी सम्पन्न भएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको आयोजनामा तथा मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको सहकार्यमा आयोजित उक्त कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। साथै, मधेश प्रदेश प्रहरी कार्यालयका डिआईजी तथा विभिन्न जिल्लाका प्रहरी प्रमुखहरूको विशेष सहभागीता रहेको थियो।
जनकपुरको धनुषास्थित रोयल प्यालेस होटल, मुजेलियामा सम्पन्न गोष्ठीमा अपराध अनुसन्धानका वर्तमान चुनौती, प्रभावकारी अनुसन्धानका उपाय तथा भविष्यका रणनीतिहरूवारे गहन छलफल गरिएको थियो। सहभागीहरूले मधेश प्रदेशमा अपराध नियन्त्रण तथा अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउन विभिन्न महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गरे।
कार्यक्रममा अपराध अनुसन्धानका नयाँ प्रविधिहरूको प्रयोग, अनुसन्धान प्रक्रियामा आधुनिक प्रवृत्तिको समावेशीकरण तथा प्रहरी प्रशासन र स्थानीय समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विशेष जोड दिइएको थियो। साथै, अनुसन्धानका क्रममा देखिएका कानुनी तथा प्राविधिक समस्याहरूको सम्बोधन गर्दै अनुसन्धान प्रणालीलाई वैज्ञानिक र व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो।
गोष्ठीबाट प्राप्त सुझाव तथा छलफलका निष्कर्षहरूलाई कार्यान्वयनमा ल्याई मधेश प्रदेशमा शान्ति सुरक्षालाई अझ प्रभावकारी बनाइने अपेक्षा गरिएको छ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content