अजय यादव वियोगी
कलैया ,बारा ।
"बाराको सबैभन्दा बिग्रेको पालिका देवताल गाउँपालिकामा कसाकसी पछि प्रमुख प्रशासकीय अधिकृतको रुपमा कृष्ण नन्दन राय हाजिर ,पुरानोको भयो बिदाई "
बारामा अहिले प्रमुख प्रशासकीय अधिकृतहरुलाई लिएर विवाद चलिरहेकोका छन् ।विभिन्न पालिका प्रमुख विभिन्न भएका छन् ।भने कतिपय पालिकाको मन्त्रालयबाट अख्तियारी नअाएका कारण अार्थिक कारोबार ठप्प भएका छन् ।बाराको १६ पालिकामा प्रमुख प्रशासकीय अधिकृतहरुलाई लिएर विवाद हुदै अाएको छ।त्यसमध्ये बाराको १६ पालिका मध्ये सबैभन्दा बिग्रेको पालिका देवताल गाउँपालिकामा सधैं विवाद हुदै अाएका छन् ।लामो खिचातानी पछि नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्ण नन्दन राय हाजिर हुन पुगेका छन् ।माघ ९ गतेको मन्त्रालयबाट चिठी बनाएर २१ दिन सम्म अाल ठाल अर्थात मन्त्रालयसम्म पुरानै प्रमुख प्रशासकीय अधिकृतको म्याद थमौति गर्न विभिन्न जालझेल भए पनि अन्ततः समाप्त भएको छ। नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा कृष्ण नन्दन राय माघ ३०हाजिर हुन पुगेका छन्।बाराको सबैभन्दा बढी बिग्रेको पालिका देवताल गाउँपालिका चलखेल हुँदै अाएको छ।नयाँ प्रमुख प्रशासकीय अधिकृतको हाजिरले देवताल गाउँपालिकाले राहत महसुस गर्न थालेका छन् ।पुरानो प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तवको बहिरगमण भएको छ ।देवताल गाउँपालिकामा १ बर्ष ८ महिना जति चलाएपनि सधैं विवादले कुनै काम हुन सकेका थिएन ।सबै काम डमाडोल हुनुको साथै जनप्रतिनिधिहरुसँग हातपातको स्थिति हुन पुगेको देवताल गाउँपालिकाबासीमा जग जाहेर नै छन् ।हाजिर हुनु भन्दा अगाडि पुरानो प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तव डिभिजन वन कार्यालय बारामा कार्यरत हुनु हुन्थ्यो ।अचानक बिग्रेको पालिका देवताल गाउँपालिकामा हाजिर भएर केही भ्रष्टाचार तथा अनियमितता गर्न माहिर रहेका उहाँले सुवर्ण गाउँपालिका ४ बर्ष बढी बसेको देवताल गाउँपालिकाका केही जनप्रतिनिधि प्रतिनिधिहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन् ।देवताल गाउँपालिकाबाट जान्न नमानेका उहाँको अनन्त बिदाई नै भएको वहाँहरुले बताएका छन्।नयाँ प्रमुख प्रशासकीय अधिकृत रायको कामकाज कस्तो हुने त्यो हेर्न बाँकी रहेको देवताल गाउँपालिकाका स्थानीयबासीहरुले बताएका छन्।देवताल गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष सहित ३ वटा वडाले जसपा नेपाल ,३ वडा नेपाली काँग्रेस र १ वडा लोसपा नेपालले जितेका छन्।बारामा सबैभन्दा बढी बिग्रेको पालिकाको देवतालको स्थिति अबको बर्षमा के हुने हो त्यो हेर्न बाँकी रहेको देवताल गाउँपालिकाका स्थानीय बुद्धिजीवीहरुले बताएका छन्।
प्रतिक्रिया