Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

बारा । "बाराको सबैभन्दा बिग्रेको पालिका देवताल गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा कृष्ण नन्दन रायको आगमन,पुरानोको हुने भए बिदाई "

अजय यादव वियोगी  कलैया ,बारा । "बाराको सबैभन्दा बिग्रेको पालिका देवताल गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा कृष्ण नन्दन रा...
अजय यादव वियोगी 
कलैया ,बारा ।
"बाराको सबैभन्दा बिग्रेको पालिका देवताल गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा कृष्ण नन्दन रायको आगमन,पुरानोको हुने भए बिदाई "


बारामा अहिले उथल पुथल भएका बेला पुनः प्रमुख प्रशासकीय अधिकृतलाई लिएर नयाँ काम सुरु भएको छ ।१६ पालिकामा रहेका प्रमुख प्रशासकीय अधिकृतहरुको केही हेरफेर भएपछि स्थानीयबासी खुशी भएका छन्  ।बाराको १६ पालिकामा अाफ्नो अनुकुल प्रमुख प्रशासकीय अधिकृत राख्ने परिपाटी भएकाले मन्त्रालयको ध्यानाकर्षण भएको छ ।केहीदिन अगाडि बाराको सुवर्ण  गाउँपालिका र महागढीमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाएका थिए ।तर अहिले बाराको सबैभन्दा बढी बिग्रेको पालिकामा अहिले नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा कृष्ण नन्दन रायको आगमन हुने भएको छ ।नयाँ प्रमुख प्रशासकीय अधिकृतको अागमनसँगै देवताल गाउँपालिका बासीले केही राहतको अनुभुति गर्न थालेका छन्।केही बर्ष देखि बिग्रेको पालिकामा कार्यरत रहेका प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तवको     कार्यशैली प्रति जनप्रतिनिधि देखि लिएर स्थानीय असन्तुष्ट रहेका थिए।गाउँपालिका अध्यक्ष उदय यादव र केही जनप्रतिनिधिको जुँगाको लडाइँमा राम्रो काम गर्दे अाएका केही कर्मचारीहरुको पलायन भएका थिए।अहिले केही समय अाफ्नै शासन सत्ता चलाउने राजनीतिमा केही अनुभव नभएका गाउँपालिका अध्यक्ष यादवले जोर जबर्जस्ती राखेका प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तवको सरुवाले दुखित भएको केही स्थानीयबासीहरुले बताएका छन् ।केही बर्ष देवतालकै छिमेकी पालिका सुवर्ण गाउँपालिकामा कार्यरत रहेका नविन श्रीवास्तवले भनसुनको अाधारमा देवतालमा सुरुवा भई कामकाज गर्दे अाएका थिए।यसअघि नविन श्रीवास्तव डिभिजन वन कार्यालय बारामा कार्यरत रहेका थिए ।१ दिनमै पालिका हाजिर भएका उहाँको पालिकाबाट बाहिरगमन भएको हो ।वहाँको कार्यकाल बारामा सधैं विवादित बन्दै अाएका थिए ।,करैयामाई गाउँपालिका ,बारागढी गाउँपालिका ,सुवर्ण गाउँपालिका र देवताल गाउँपालिकामा काम गरेका प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवको  बिदाई हुने भएको छ ।केही दिन अगाडि नै बिग्रेको पालिका देवताल गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ठुलो ,विवाद हुँदा एक सर्वसाधारणको टाउको समेत फुटेको थियो ।नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्ण नन्दन रायको कार्यकाल कस्तो रहने हो त्यो बारे देवताल गाउँपालिकाबासी अहिले देखि चर्चा परिचर्चा गर्न थालेका छन्।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content