बाराको उत्कृष्ट नगरपालिका पचरौता नगरपालिकालेखेलाडीहरुलाई सम्मान गरेका छन् ।बाराका उत्कृष्ट ,पचरौता नगरपालिकाका मेयर एवम् प्रखर वक्ता जलन्धर सिँहको प्रमुख आतिथ्यमा सो सम्मान कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा पचरौता नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गौरी साह ,नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर -५ का वडाध्यक्ष लक्ष्मी यादव ,वडा नम्बर -३ का वडाध्यक्ष धेनुक पटेल ,वडा नम्बर -६ का वडाध्यक्ष मकबुल अंसारी ,वडा नम्बर -९ का वडाध्यक्ष गगनदेव प्रसाद यादव ,शिक्षा सह-संयोजक मुकेश कुमार पटेल लगायत नेकपा एमालेका नेता कार्यकर्ताहरुको विशेष उपस्थिति रहेको थियो ।कार्यक्रमको अध्यक्ष्ाता पचरौता नगरपालिका -७ का वडाध्यक्ष बनारसी मुखिया बिनले गरेका थिए ।मनोबल बढाउन लागि उक्त कार्यक्रम राखिएको पचरौता नगरपालिकाले जानकारी दिएका छन् ।खेलाडीहरु नेपाल प्रिमियर लिग (एनपीएल) प्रथम संस्करणका च्याम्पियन जनकपुर बोल्ट्सका खेलाडीहरूलाई सम्मान सहित ५० हजार नगद सहित सम्मान गरिएको पचरौता नगरपालिकाले जानकारी दिएका छन।
जनकपुर बोल्ट्सका क्याप्टेन समेत रहेका क्रिकेटर अनिल साह र सोही टीमका अर्का खेलाडी अरनिको यादवलाई पचरौता नगरपालिकाका मेयर, प्रखर वक्ता एवम् प्रमुख अतिथि जलन्धर सिँहले सो समारोहमा नगद सहित दोसल्ला ओढाई सम्मान गरेका हुन ।खेलाडीहरुको मनोबल बनाई राख्न नगरपालिकाले यस्तो कार्यक्रम गरेको प्रमुख अतिथि एवम् उत्कृष्ट मेयर सिँहले बताउनुभयो ।
प्रतिक्रिया