दिपेन्द्र चौधरी सहनी
पर्सा ,बिरगंज
"निलकण्ठ हस्पिटल एन्ड रिसर्च सेन्टर र जिराभवानी वडा नम्बर -१का युवा समाजको विशेष सहयोगमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न "


पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर -१ पकडीटोलमा निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ ।थारु सम्वद २६४८ माघी खिचडीको अवसरमा
जिराभवानी गाउँपालिका - १का युवा समाज पकडीटोलको आयोजना तथा निलकण्ठ हस्पिटल एन्ड रिसर्च सेन्टर बीरगंज र नेशनल हेल्थ केयर ओपल फर्मा केस्टफार्मा हिमालय फार्मा सन फार्मा कलारडेक्स फार्मा टाईम्स फार्मा अल्कोम फार्मा लगाएत बीरगंजको औषधि सहयोगमा उक्त सम्पन्न भएको हो।कार्यक्रममा ५ सय ८५ जनालाई निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण गरिएको युवा समाज पकडीटोलका अध्यक्ष गोबिन्द चौधरीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो। अगुवाइ तथा निलकण्ठ हस्पिटल एन्ड रिसर्च सेन्टरका एमडी कुनाल महतो थारुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।शिविरमा डा अच्युतानन्द लाल कर्ण डा. अर्पना यादव ,डा.पप्पु कुमार जयसवाल , डा.स्वेता चौधरी कर्ण, डा.राजिव यादव , डा.अरबिन्द साह र डा.अशोक कुमार गुप्ता लगायतकाले स्वास्थ्य परिक्षण गरेका थिए ।निलकण्ठ हस्पिटलका कर्मचारी बुलेट तिवारीको विशेष योगदान रहेको थियो ।सो कार्यक्रममा पुर्ब साँसद जयप्रकाश महतो थारु र जिराभवानी गाउँपालिका वार्ड नम्बर १ का वडाध्यक्ष रामशरण खवास थारु जिराभवानी गाउँपालिका वार्ड नम्बर -२वडाध्यक्ष महादेव महतो थारु युवा समाज पकडी टोलका युवा समाजका सम्पूर्ण सदस्य र मेडिकल ल्याब टेक्नोलोजी अनिल चौधरी औषधि विभागका विकास चौधरीको विशेष सहभागिता रहेको थियो।
प्रतिक्रिया