Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

रिसइबी र लूटपाट गर्ने उद्देश्यले रुम्बाको हत्या, तीनजना पक्राउ

वीरगंज, १४ पुस । जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले पुस ६ गते कारमा मृत भेटिएका राज कुमार रूम्बाको हत्यामा संलग्न तीनजनालाई आइतवार सार्वजन...

वीरगंज, १४ पुस । जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले पुस ६ गते कारमा मृत भेटिएका राज कुमार रूम्बाको हत्यामा संलग्न तीनजनालाई आइतवार सार्वजनिक गरेको छ ।

रिसइबी र लूटपाट गर्ने उद्देश्यले रुम्बाको हत्या गरेको आरोपमा तीनजनालाई पक्राउ गरिएको जिप्रका, बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी गराएका छन् ।

महोत्तरी जिल्ला जलेश्वर नपा ३ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय बारा दरबन्दी भई विमानस्थल कार्यालय सिमरा बारामा कार्यरत राष्ट्रिय अनुसन्धान बिभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारी, बारा जिल्ला, जितपुरसिमरा उमनपा वडा नं.१९ घर भई हाल वडा नं १ मा जय माँ इन्जिनियरिङ वर्कसप सञ्चालन गर्ने वर्ष २७ को पुरूषोत्तम कुमार दास, सोही ठाउँका वर्ष २० को ईन्द्रजित कुमार चौहानलाई  पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पुस ६ गते विहान ०९ः१५ बजे जितपुर सिमरा उ.म.न.पा. वडा नं.११ बकुलियादेखि रमौली लोसन्डा जाने सडकखण्डमा बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कार चालक बस्ने सिटमा राजकुमार रुम्बा मृत अवस्थामा भेटिएको थियो ।

जीतपुरसिमरा–१ घर भई इलाका प्रहरी कार्यालय सिमरा बारामा दरबन्दी रहेर विमान स्थल सुरक्षा गार्ड सिमरामा कार्यरत प्रहरी कार्यालय सहयोगी राज कुमार रूम्बाको पोष्टमार्टम रिपोर्ट अनुसार टाउकोबाट गोलीको एउटा बुलेट फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा तीनजनालाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी कसूरमा बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य इलाका प्रहरी कार्यालय सिमराबाराबाट भइरहेको जिप्रका, बाराले जनाएको छ ।

प्रहरीले मृतकले घाटीमा लगाएको एउटा सुनको सिक्री पुरूषोत्तम कुमार दासको वर्कसपमा काम गर्दै गरेको अवस्थामा जिन्स पाईन्टको खल्तीबाट बरामद गरेको तथा मृतक रूम्बाको एउटा पर्स पनि बरामद भएको प्रहरीले जनाएको छ । संकित व्यक्तिहरूबाट प्रहरीले छ वटा मोबाइल र दासले प्रयोग गर्ने ना १३ प ५४७ नम्बरको यमाहा कम्पनीको मोटरसाइकल पनि बरामद गरेको प्रहरीले जनाएको छ । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content