Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

घडीअर्वा पोखरी छठघाटको व्यवस्थापनमा १८ लाख बढी खर्च हुने

वीरगंज २१ कार्तिक ।   छठपूजामा सजावटका लागि नेपालमै प्रसिद्ध रहेको वीरगंजस्थित घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पूरा भएको छ । छठ पूजा व...

वीरगंज २१ कार्तिक ।  
छठपूजामा सजावटका लागि नेपालमै प्रसिद्ध रहेको वीरगंजस्थित घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पूरा भएको छ । छठ पूजा व्यवस्थापन समिति घडीअर्वा पोखरीले बुधवार पत्रकार सम्मेलन गरी छठ घाट व्यवस्थापनमा १८ लाखभन्दा बढी खर्च हुने जनाएको छ ।
टेण्ट पण्डालमा ७ लाख ८१ हजार, परिसर बाहिरको बत्ती सजावटमा ९० हजार, भिडियोग्राफीमा ३५ हजार, पुरस्कारमा ४ लाख ८४, सरसफाइमा ७५ हजार रुपियाँ खर्च हुने भएकोले यसपालि छठघाटको सजावट र व्यवस्थापनमा १८ लाख ४४ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको समितिका कोषाध्यक्ष कन्हैया गुप्ताले जानकारी गराएका थिए । छठपुजा सुरक्षाको दृष्टिकोणले चारै तिर २२ ठाउँमा  सिसिटिभी जडान गरिने एवं नगर प्रहरी, जनपद प्रहरी, सस्त्र प्रहरीको मिलाएर १०० जना प्रहरी  र स्वयमसेवक ४० सदस्यको टिम द्वारा गस्ती गराउने एवं बोटिङ गार्ड समेत परिचालन गर्ने छठपुजा ब्यवस्थापन समितिका अध्यक्षले पत्रकार सम्मेलनमा जानकारी दिनु भएको थियो।
कार्यक्रम वीरगंज महानगरपालिकाको सहयोगमा र टिकट बिक्रीबाट आएको रकम एवं २५० को नगदी सहयोग चिठ्ठाबाट सङ्कलन गरिएको बताएका थिए भने प्राइजमा इलेक्ट्रोनिक स्कुटर, एलइडि टिभी, पंखा, फ्रीज, वासिङ् मेसिन अन्य थुप्रै सामानहरू पनि राखिएको छठपुजा ब्यवस्थापन समितिका अध्यक्ष दिप कुमार साह कानुले जानकारी गराएका थिए ।
कार्यक्रम संचालन छठ पुजा व्यवस्थापन समिति  घडीअर्वा पोखरीका सचीव लखनलाल गुप्ताले गरेका थिए भने आय ब्यय प्रस्तुत छठ पुजा व्यवस्थापन समितिका कोषाध्यक्ष कन्हैयालाल गुप्ताले गरेका थिए।
गत वर्षको छठमा छठघाट सजावट र ब्यवस्थापनमा १६ लाख २८ हजार ४५२ रुपियाँ खर्च भएको र आम्दानीबाट खर्च कटाएर ७ लाख १० हजार रुपियाँँ बचत पनि भएको समितिका कोषाध्यक्ष गुप्ताले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष सुशील कुमार साह र छठ पुजा व्यवस्थापन समितिका दिप कुमार साह कानुको अध्यक्षतामा सम्पन्न भएको थियोे । उपाध्यक्ष राकेश कुमार साह, सचीव लखनलाल गुप्ता, सहसचीव प्रभाकर कुमार गुप्ता, कोषाध्यक्ष कन्हैयालाल गुप्ता, सहकोषाध्यक्ष संजय कुमार साह, क्रान्ति साह लगायतकाको उपस्थिति रहेको थियो भने घडीअर्वा स्पोर्ट क्लबका अध्यक्ष सन्तोष कानु, उपाध्यक्ष मनोहर साह कानु, सचिव सन्तोष गुप्ता, नन्दु साह लगायतको पनि सहभागीता थियो । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content