अजय यादव वियोगी कलैया ,बारा । " नि:शुल्क स्वास्थ्य शिविर कलैया उपमहानगरपालिका -२६मा सम्पन्न " बाराको कलैया उपमहानगरपालिका -२६ मा ...
अजय यादव वियोगी
कलैया ,बारा ।
" नि:शुल्क स्वास्थ्य शिविर कलैया उपमहानगरपालिका -२६मा सम्पन्न "
बाराको कलैया उपमहानगरपालिका -२६ मा हेल्पिङ्ग हैण्ड युथ सोसाइटी संस्था द्वारा छठ पर्वको शुभकामना आदान प्रदान सहित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष राजकुमार गुप्ता उर्फ राज गुप्ताको अध्यक्ष्ातामा सो कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा वडा नम्बर -२६ का वडाध्यक्ष धर्मेन्द्र प्रसाद यादव ,संस्था संरक्षक एवम् सदस्य प्रदिप कुमार साह ,संस्थाका सदस्यहरु ,पदाधिकारीहरु लगायतको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको छ।दृष्टि आँखा अस्पताल बिरगंजका डाक्टरका टोलीले सयौंको संख्यामा बिरामीहरु चेक जाँच गरेको तथा मोतिया बिन्द लगायतको शल्यक्रिया गर्नेमा पनि सहमति भएको हेल्पिङ्ग हैण्ड युथ सोसाइटी संस्थाका संरक्षक एवम् सदस्य प्रदिप प्रसाद साहले बताउनुभयो।सयौंले नि:शुल्क सेवा लिन पाउँदा अाफुहरु पनि गौरवान्वित भएको हेल्पिङ्ग हैण्ड युथ सोसाइटीका सुदेश पटेलले बताउनुभयो।यस्तै संस्थाले प्रगति गर्दे गएकोमा अाफु खुशी भएको संस्थाकि कोषाध्यक्ष अनिसा पासवानले बताईन ।हेल्पिङ्ग हैण्ड युथ सोसाइटीले विभिन्न कार्यहरु गर्दे आएका छन् ।


COMMENTS