अजय यादव "वियोगी"
कलैया ,बारा ।
बाराको सुवर्ण गाउँपालिका वडा नम्बर -२ कवही गोठमा पशुपंक्षी हाट बजारको समुद्घघाटन समारोह सम्पन्न भएको छ ।कृष्ण ट्रेडर्सद्वारा सञ्चालित पशुपंक्षी हाट बजारका सञ्चालक कुमार मास्केको अध्यक्ष्ातामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका नेता एवम् संविधानसभा सदस्य राधेचन्द्र यादव रहनु भएको थियो। विशिष्ट अतिथिहरु बारा निर्वाचन क्षेत्र नम्बर -२ का "ख"(२) का विधायक बच्चा राउत अहिर ,सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव ,पुर्व गाउँपालिका अध्यक्ष एवम् जसपा नेपालका नेता महेन्द्र यादव रहनु भएको थिए ।यस्तै अतिथिहरुमा राजेन्द्र प्रसाद सिँह ,बासदेव प्रसाद यादव दोलेन्द्र यादव ,नारायण यादव ,वडा नम्बर -७ का वडाध्यक्ष जितेन्द्र यादव ,राजेन्द्रप्रसाद यादव ,अशोककुमार यादव लगायतका रहनु भएको थियो। प्रमुख अतिथि राधेचन्द्र यादवले पशु पंक्षीको हाट बजारले बारा निर्वाचन क्षेत्र नम्बर -२ का जनतालाई प्रत्यक्ष फाईदा पुगेको बताउनुभयो ।विगतमा धेरै झमेला भएका र अहिले यो हाट बजार सह हुने पनि प्रमुख अतिथि यादवले बताउनुभयो ।यस्तै मधेस प्रदेशका विधायक बच्चा राउत अहिरले कवहीमा पशुपंक्षीको बजारले सबै किसानलाई प्रत्यक्ष फाईदा पुग्ने बताउनुभयो ।अाफुले पनि बजारका लागि सक्दो सहयोग गर्ने पनि बताउनुभयो ।यस्तै सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव र पुर्व गाउँपालिका अध्यक्ष महेन्द्र यादवले पनि हाट बजारले सक्दो सहयोग गर्ने पनि बताउनुभयो।कार्यक्रममा शुभकामना मन्तव्य वक्ताहरुले राखेका थिए ।अायोजकले सबैलाई सम्मान गरेका थिए ।बजारले अाफूहरुलाई प्रत्यक्ष फाईदा पुग्ने बजारमा भैँसी लिएर अाएका किसान सर्वानन्द यादवले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।यस्तै अब बजारले प्रहरी र प्रशासनको दु:ख बाट छुटकारा मिल्नेपनि भैँसी व्यापारी गफुर मियाँले बताउनुभयो।बजार प्रत्येक बिहीबार र आईतबार लाग्ने पशुपंक्षी हाट बजार समितिले जानकारी दिएका छन् ।कार्यक्रमको सञ्चालन जसपा नेपालका युवा नेता धर्मवीर यादवले गर्नुभएको थियो ।
प्रतिक्रिया