Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

कलैया उपमहानगरपालिका -१८ मोतिसरको दुर्गा पूजामा एकै पण्डालमा २२४ जनाले गर्दे नवरात्री

अजय यादव "वियोगी" कलैया ,बारा  "कलैया उपमहानगरपालिका -१८ मोतिसरको दुर्गा पूजामा एकै पण्डालमा २२४ जनाले गर्दे नवरात्री  "...
अजय यादव "वियोगी"
कलैया ,बारा 
"कलैया उपमहानगरपालिका -१८ मोतिसरको दुर्गा पूजामा एकै पण्डालमा २२४ जनाले गर्दे नवरात्री


 "
बाराको कलैया उपमहानगरपालिका -१८ मोतिसरको दुर्गा पुजामा एकै पण्डालमा २२४ जनाले नवरात्र बसी पुजापाठ गरिरहेको श्री दुर्गा पुजा समिति मोतिसरले जानकारी दिएका छन्  ।विगत ४ बर्ष देखि सुरु भएको उक्त पुजा सभ्य र भव्य बन्दै गएको स्थानीयबासीहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो। सुरुमा गार्‍हो भएपनि अहिले दुर्गा पुजामा आफै मानिसहरु आएर सहयोग गर्न थालेको स्थानीय महिलाहरु बताईन।बाराको सदरमुकाम कलैया ६ किलोमिटरको दुरीमा रहेको मोतिसर हुलाकी राजमार्गसँगै  जोडिएको रहेकोले चौकमा बर्षेनी पुजापाठ गर्दै आएको दुर्गा पुजा समितिले जानकारी दिएका छन् ।५१ सदस्यीय दुर्गा पुजा समिति मार्फत उक्त पुजा गर्न लागिएको हो ।श्री दुर्गा पुजा समितिका अध्यक्षमा शिवराज साह कानु ,उपाध्यक्षमा अजय प्रसाद यादव ,सचिवमा विरलाल साह कानु ,सहसचिवमा अरबिन्द प्रसाद यादव ,कोषाध्यक्षद्वय विरकिशोर साह र कृष्णा प्रसाद साह कानु रहेका छन् ।सदस्यहरु शिवजी साह कानु ,निरञ्जन यादव ,कृष्णा बैठा ,सदाम हुसेन ,रजिक मण्डल लगायतका रहेका छन्। सल्लाहकार समितिमा वडाध्यक्ष ध्रुप राउत सहित सहित १६ जना रहेका छन् ।यस्तै बैराटपुर नयाँ टोल ,,बैराटपुर पुरानो टोल ,मनगढवा र कोईरिया टोलमा पनि छुट्टाछुट्टै सल्लाहकार समिति बनाईएको दुर्गा पुजा समिति मोतिसरले जानकारी दिएका छन् ।लाखौंको पण्डालले सजाईएको उक्त दुर्गा पुजा हेर्न लायक भएको उक्तका समाजसेवीहरुले बताएका छन् ।आचार्य धिरेन्द्र दुवेको टोली उक्त दुर्गा पुजापाठ गराई रहेका छन् ।आचार्य दुवेसँगै भारतबाट आएका नवयुवक १८ बर्षिय कुमार पाण्डेयले समेत पुजा पाठ गराई रहेका छन् ।आचार्य धिरेन्द्र दुवेले श्री गढीमाई राष्ट्रिय दैनिकलाई संक्षिप्त प्रतिक्रिया दिदै मोतिसरको दुर्गा पुजा जिल्लाकै उत्कृष्ट भएको बताउनुभयो ।सनातन धर्म बचाउनको निमित्त र दुर्गा पुजा शक्तिकि देवी भएकिले आस्थाका साथ पुजापाठ गर्नु नितान्त जरुरी रहेको आचार्य दुवले बताउनुभयो ।यस्तै भारतबाट आएका नवयुवक पण्डित अभिषेक पाण्डेयले अहिले नेपालमा पनि पुजापाठ गर्ने पहिला भन्दा सजग सभ्य भएको बताउनुभयो ।मैले धेरै ठाउँमा पुजा गराएपनि नेपालका पुजा बिजोड हुने गरेको लाखौंलाखका सामाग्री सहित उत्कृष्ट पण्डाल मार्फत हुने गरेका आफु मनमोहित हुने गरेको बताउनुभयो ।पण्डालमा २ सय २४ जनाले एकै ठाउँमा पुजा गरेको बाराकै सम्भवतः पहिलो नम्बर आउने गरेको छ।सबैभन्दा बढी दान दिई मुख्य चौकाको रुपमा रामएकबाल साह तेली बसेको श्री दुर्गा पुजा  समितिले जानकारी दिएका छन् ।साह १ लाख ७० हजार सहयोग गरेको स्थानीयबासीहरुले बताएका छन्। यस्तै अन्यबाट २ हजार देखि लिएर माथि उठाईएको हो ।उत्कृष्ट पण्डालमा हुने यस्ता पुजाले सबैको मन जित्दै आएका छन् ।यस्तै भलुही ,गण्डक ,फेटा ,हर्दिया ,बरियारपुर ,कोल्हबी ,सिम्रौनगढ लगायतको ठाउँमा भव्य पुजापाठ हुदै आएको हो ।दशैँमा बर्षेनी दुर्गा माताको पुजा निष्ठापुर्व हुदै आएको हो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content