Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

श्री गढीमाई राष्ट्रिय दैनिकको चौथा बार्षिक उत्सव विश्व प्रसिद्ध मन्दिर श्री गढीमाई मन्दिरको प्राङ्गणमा भव्यताका साथ सम्पन्न "

शकुन्तला कुमारी यादव  कलैया ,बारा  "श्री गढीमाई राष्ट्रिय दैनिकको चौथा बार्षिक उत्सव विश्व प्रसिद्ध मन्दिर श्री गढीमाई मन्दिरको प्राङ्ग...
शकुन्तला कुमारी यादव 
कलैया ,बारा 
"श्री गढीमाई राष्ट्रिय दैनिकको चौथा बार्षिक उत्सव विश्व प्रसिद्ध मन्दिर श्री गढीमाई मन्दिरको प्राङ्गणमा भव्यताका साथ सम्पन्न "


बारा जिल्लाको एक मात्र धार्मिक  नामले प्रकाशन हुदै आएको श्री गढीमाई राष्ट्रिय पत्रिकाको चौथो  बार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएको छ। श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिकाका प्रकाशक / सम्पादक अजयकुमार  यादव उर्फ अजय यादव वियोगीको अध्यक्ष्ातामा भएको चौथो  बार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथि श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका अध्यक्ष एवम् चर्चित समाजसेवी रामचन्द्र साह तेली रहनु भएको थिए।विशिष्ट अतिथिहरुमा बारा जिल्लाका युवा नेता अशोककुमार यादव ,पत्रिकाका सल्लाहकार  बिरेन्द्र प्रसाद यादव ,श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समिति सचिवालय सचिव मदन चौरसिया ,लगायतका रहनु भएको थियो।श्री गढीमाई राष्ट्रिय दैनिक पत्रिका ४ बर्ष देखि मधेस  प्रदेशकै मन जित्नमा सफल भएको पत्रिका पर्ने गरेका छन् ।बारा जिल्लाको १६ स्थानीय तहमा पत्रिका सहजै र सरल ढंगले पुग्ने गरेकाले यसको महत्त्व झन्  बढेको चौथो बार्षिक उत्सवको अवसर भव्य कार्यक्रमहरु आयोजना गरि मनाईएको छ । श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समिति अध्यक्ष एवम् चौथो बार्षिक उत्सवमा प्रमुख अतिथि रामचन्द्र साह तेलीले पत्रिकाको योगदान सराहनीय रहेको बताउनुभयो ।विगतमा पनि अाफू पत्रिकाको बार्षिक उत्सवमा प्रमुख अतिथि भएको र चौथो बार्षिक उत्सवमा प्रमुख अतिथि हुन पाउँदा खुशी लाग्नुको साथै श्री गढीमाई राष्ट्रिय  दैनिक पत्रिकाको प्रगतिको कामना गरेको प्रमुख अतिथि साहले बताउनुभयो ।मैले धेरै  गरेको छु ,अब पालो युवा पुस्ताको भन्दै आफुले अब विश्व प्रसिद्ध भगवती श्री गढीमाई मन्दिरलाई विश्व सम्पदा  सुचि परेको हेर्ने चाहना रहेको सोही अनुसार अगाडि बढेको सो अवसरमा बताउनुभयो ।निरन्तररुपले ४ बर्ष देखि गढीमाई मन्दिरको प्रचारप्रसार देखि लिएर सञ्चालन समितिलाई पनि ध्यानाकर्षण गराउने जिल्लाकै एक मात्र धार्मिक नामले प्रकाशित हुदै आएको श्री गढीमाई राष्ट्रिय दैनिकप्रति माताको कृपा बनिरहोस भने शुभकामना दिनुभयो ।श्री गढीमाई राष्ट्रिय दैनिकले गरेको योगदान अतुलनीय भएको प्रमुख अतिथि साहले बताउनुभयो ।भोलि २०८१/०६/१७ गते हुने भव्य शोभा गढीमाई मन्दिर प्राङ्गणबाट निस्कने भएका सबै देशवासी जिल्लाबासीलाई उक्त पुण्यको काममा सहभागी हुन सबैलाई चुल्हो  निम्तो समेत भएको बताउनुभयो।श्री गढीमाई मन्दिर व्यवस्थापनको निमित्त आफु कहिले पछाडि नपरेको करोडौं  मधेस प्रदेश सरकारबाटधर्मशाला बनाउन सफल भएको पनि प्रमुख अतिथि साहले बताउनुभयो ।विश्वमै चर्चित रहेको पञ्चबर्षिय मेला यहीँ २०८१ मंसिरबाट लाग्ने भएकाले सबै भक्तजन तथा श्रद्धालुलाई मन्दिरमा पुजापाठ गर्न र मेला हेर्न अाउन अाग्रह गरेको बताउनुभयो ।दुनियाँका सबै क्षेत्रमा सञ्चारको भूमि महत्त्वपूर्ण रहेकाले पत्रिकाको चौथो बार्षिक उत्सव अवसर सबै टिमलाई बधाई सहित शुभकामना व्यक्त गर्नुभयो ।यस्तै विशिष्ट अतिथि बाराका युवा नेता एवम् सुवर्ण गाउँपालिका अध्यक्ष पदका प्रत्यासी अशोककुमार यादवले विगत ४ बर्ष देखि विभिन्न बाधाका बिच पत्रिका प्रकाशन हुनु र जनताको मौलिक सुचनाको हक कायम गराउनुमा अहम्  भूमिका रहेको बताउनुभयो ।पत्रिकाको सबै टिमलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।विशिष्ट अतिथि एवम् पत्रिकाका सल्लाहकार बिरेन्द्र प्रसाद यादवले पनि पत्रिकाको प्रगतिको कामना गर्नु भएको हो ।श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिका सचिवालय सचिव एवम् विशिष्ट अतिथि मदन चौरसियाले पनि अाफू  पनि पत्रिकाको बार्षिक उत्सवमा प्रमुख अतिथि भएको र अहिले विशिष्ट अतिथि हुन पाउँदा खुशी लाग्नुको साथै पत्रिकाको उज्ज्वल भविष्यको कामना सहित शुभकामना व्यक्त गर्नुभयो ।अहो रात्र खटेर श्री गढीमाई राष्ट्रिय दैनिकका टिमले गरेको कामको प्रंशासा गर्नुभयो।श्री गढीमाई राष्ट्रिय  दैनिक पत्रिकाको चौथो बार्षिक उत्सवमा श्री गढीमाई दैनिकका वरिष्ठ संवाददाता रुपेश कुमार साहलाई पत्रिकाका प्रकाशक/सम्पादक अजय यादव वियोगीले विशेष सम्मान  गर्नुभएको थियो।सम्मान पछि संक्षिप्त शुभकामना मन्तव्य राख्दै वरिष्ठ संवाददाता रुपेश कुमार साहले भने बारा जिल्लाकै सबैको सामु पुग्न सफल ,प्रहरी ,प्रशासनलाई समेत सत्यको बाटो देखाउनमा पत्रिकाले भूमिका खेलेको बताउनुभयो ।श्री गढीमाई टिमले गर्दा पत्रिका जिल्लाकै उत्कृष्ट पत्रिका बन्नमा सफल भएको वहाँले बताउनुभयो।कार्यक्रममा अन्य वक्ताहरुले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो।श्री गढीमाई राष्ट्रिय दैनिकका विशेष संवाददाताहरु सुनिल कुशवाहा र कृष्णप्रसाद गुप्तालाई पनि सम्मान गरिएको  थियो ।वरिष्ठ संवाददाता रुपेश कुमार साहले वहाँहरुलाई सम्मान गर्नुभएको थियो।विशेष सम्मान पत्रिकाको लागि योगदान तथा पत्रिकाको कामना गर्ने नसिर अख्तरलाई सम्मान गरिएको थियो ।सोही अवसरका मन्दिरका पुजारी चन्द्रदेव चौधरीलाई समेत चौथो बार्षिक उत्सवमा सम्मान गरिएको थियो ।श्री गढीमाई राष्ट्रिय दैनिकका प्रकाशक/सम्पादक एवम्  अध्यक्ष्ाता ग्रहण गरेका अजय कुमार यादव उर्फ अजय यादव वियोगीले ४ बर्ष सम्म योगदान गर्नुहुने वरिष्ठ कम्प्युटर अपरेटर्स मुकेश बस्नेत ,कोमल प्रेसका सञ्चालक दिपेन्द्र साह कानु ,बजारव्यवस्थाक ,पाठक ,शुभेच्छुक तथा सबै टिमलाई विशेष धन्यवाद दिएका छन् ।पत्रिका निरन्तररुपले बाराबासीको मन जित्न सफल भएको प्रकाशक/सम्पादक अजय यादव वियोगीले बताउनुभयो।साथ दिनुहुने सबैमा धन्यवाद प्रकट गरेका हुन ।कार्यक्रममा श्री गढीमाई राष्ट्रिय  दैनिकका सह -सम्पादकद्वय विनोद साह र शकुन्तला कुमारी यादव ,कानुनी सल्लाहकार रामचन्द्र सिँह लगायतका पनि विशेष उपस्थिति रहेको थियो।कार्यक्रमको सञ्चालन वरिष्ठ संवाददाता रुपेश कुमार साहले गर्नु भएको थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content