Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बेपत्ताका आफन्तलाई खान र बस्न होटल व्यवसायीद्वारा निःशुल्क

वीरगंज, २८ असार । होटल व्यवसायी महासंघ नेपालले आज नारायणघाट– मुंगलिङ सडकखण्डमा पहिरोले बगाएर बेपत्ता बनाएको परिवार र आफन्तजनहरुलाई  निःशुल्क...

वीरगंज, २८ असार । होटल व्यवसायी महासंघ नेपालले आज नारायणघाट– मुंगलिङ सडकखण्डमा पहिरोले बगाएर बेपत्ता बनाएको परिवार र आफन्तजनहरुलाई  निःशुल्क  खान-बस्न व्यवस्था मिलाएको छ ।
बसको यात्रीहरूको आफन्त र परिवारजनहरूलाई नारायण्घाटमा बास बस्न र खान कुनै अप्ठेरो नहोस भनेर होटल व्यवसायी महासंघले पहल गरेको हो ।

बेपत्ता यात्रीहरुका आफन्तहरू ठूलो पीडामा भएको र उनीहरूसँग पैसाको समेत अभाव हुन सक्ने भन्दै तथा खोजबिनमा सहजता होस भनेर होटलमा बास र खान निःशुल्क गरेको होटल तथा पर्यटन ब्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले जानकारी गराए ।
विपत्तिमा रहेका आफन्तजनलाई खान र बस्न सहयोग गर्नुपर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा संयोजक समेत रहेका हरि पन्तले नारायणघाटका होटल ब्यबसायीहरूसँग पहल गरेका थिए ।

सो घटनापछि नारायणघाटका स्थानीय होटल ब्यवसायीहरूले विपत्तिमा परेका आफन्तजनहरुलाई नारायणघाटमा खान र बस्न निशुल्क गर्ने घोषणा गरेका छन् ।

शुक्रवार नारायणगढ मुग्लिन सडक खण्डको पहिरोमा खसेका दुर्ई वटै बसमा सवार भएकाहरू बेपत्ताहरुको खोजी कार्य जारी रहेको चितवन प्रहरीले जनाएको छ ।

उनले नारायणगढ मुग्लिन सडक खण्डको पहिरोमा परि वीरगंजबाट छुटेको बस र काठमाडौंबाट रौतहटको गौर आईरहेका दुर्ई ओटा बस त्रिसुलिमा खसेर बेपत्ता भएको खबरले अत्यन्तै दुखी तुल्याएको भन्दै परिवारका अन्य सदस्यलाई त्यहाँ पु¥याउने कार्यमा सहयोग गर्ने निर्णय गरिएको बताए ।

त्यहाँ सम्म पुगेर उद्दार तथा खोजबिन कार्य सकिएर पनि वीरगञ्ज नफर्के सम्म त्यही खाना र बासको समेत निशुल्क व्यवस्था मिलाईने पन्तले बताए । उक्त दुर्घटनामा परेका परिवारजनले होटल व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तको मोवाइm नम्बर ९८५५०२१५२४, होटल ब्यवसायी महासंघ नेपालका अध्यक्ष एवम नारायणघाट स्थित होटल गङ्गोत्री पुल्चोकका संचालक दिनेश चुकेको सम्पर्क नम्बर ९८५५०५६०२६ र होटल ब्यबसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट अध्यक्षको मोवाईल नम्बर ९८५५०१४१८० मा फोन गरेर सहयोग लिन अपिल गरिएको छ ।

बस भेटिएनन्, भोलि पनि खोजीकार्य जारी
नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसाएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् ।

सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेनाको गोताखोर टोली र नेपाल प्रहरीले बस खसेको केही बेरमै खोजी शुरू गरे पनि बसको अवस्था पत्ता लाग्न सकेको छैन । त्रिशूली नदीमा बाढीको चाप बढ्दै गएको, पानी धमिलो भएको, बस खसेको ठाउँ एकदमै अप्ठ्यारो भएकाले खोज्न समस्या भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालय कुरिनटारबाट एसएसपी माधव पौडेलको कमान्डमा अहिले ७० जनाको टोली खोजी तथा उद्धारमा खटिएको छ । तर अहिलेसम्म केही पनि फेला पार्न नसकिएको उनले बताए ।

बगाएर तल पु¥याएको हुनसक्ने आशंकमा देवघाटमा समेत टोली परिचालन गरेर खोजी गरिए पनि पत्ता नलागेको एसएसपी पौडेलले बताए । सशस्त्र प्रहरीका ३ वटा बोट र नेपाली सेनाको १ वटा बोटमार्पmत गोताखोरको टोली त्रिशूली नदीमा गएर खोजी कार्य गरिरहेको उनले बताए ।

बस नदी किनारमा पहिरोमा पुरिएको हुनसक्ने पनि आशंका गरिएको एसएसपी पौडेलले बताए । तर अहिले नै पहिरो पन्छाएर खोज्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । दुर्घटनास्थलबाट करिब २ सय मिटर तलसम्म गएर गोताखोरको टोलीले खोजी गरिसकेको छ । त्योभन्दा तल ठूलो भूमरी रहेकाले खोजीमा थप समस्या देखिएको छ ।

रातिदेखि खोजी गर्दा पनि अहिलेसम्म केही नभेटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । पानीको चाप अत्यधिक र धमिलो भएकाले नदीको गहिराइसम्म गोताखोर पुग्न सक्ने अवस्था छैन ।

त्यसकारणले चुम्बक फालेर बसको खोजी शुरू गरिएको सशस्त्र प्रहरीले जनाएको छ । त्यसैगरी हुक लगाएर पनि खोजी भइरहेको छ । लामा–लामा बाँसका भाटा तथा रडको सहायताले पनि खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

दुईवटा बसका ६५ भन्दा बढी यात्री बेपत्ता
नारायणगढबाट १७ किलोमिटर उत्तर पश्चिममा पर्ने उक्त स्थानमा बिहान ३ः३० बजेको समयमा सडकको माथिल्लो भागबाट लेदोसहितको पहिरो खस्दा बस बगाएको इलाका प्रहरी कार्यालय मुग्लिड्ढी प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् ।

दुवै बस पहिरो खसेको स्थान पार गर्ने क्रममा माथिबाट लेदो सहितको ठुलो पहिरो खसेको उनले बताइन् । पहिरोका कारण सडक अवरूद्ध भएको र हाल पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याएको उनको भनाई छ ।

उनका अनुसार बसमा यात्रारत ६५ यात्रीहरू बेपत्ता रहेको र उनीहरूको अवस्था अज्ञात रहेको छ ।

गोताखोरको टोलीले बसको पर्दा र एउटा ट्राउजर फेला पारेको थियो। बेपत्ता भएका दुर्ई बस र यात्रीको अवस्था भने अझै अज्ञात छ।

शुक्रवार बिहान ३ बजेतिर वीरगञ्जबाट काठमाडौंतर्पm आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको बस र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस पहिरोले बगाउँँदा त्रिशूलीमा बेपत्ता भएका थिए।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content