अजय यादव वियोगी कलैया ,बारा । बा राको पचरौता नगरपालिकाले बाल विकासमा लिएको परिक्षामा उतिर्ण भएपछि नगरपालिकाको प्राङ्गणमा एक समारोहका बीच ...
कलैया ,बारा ।
बा
राको पचरौता नगरपालिकाले बाल विकासमा लिएको परिक्षामा उतिर्ण भएपछि नगरपालिकाको प्राङ्गणमा एक समारोहका बीच उनीहरुलाई नियुक्ति प्रदान गरिएको छ ।बाराका उत्कृष्ट मेयर,पचरौता नगरपालिकाका मेयर एवम् प्रखर वक्ता जलन्धर सिँहले शिक्षामा सुधार गर्ने योजना अन्तर्गत बालबालिकालाई विधालयमा राम्रोसँग शिक्षा दिन बाल विकासका शिक्षिकाहरु भर्ना गरेका हुन ।उनीहरुलाई नियुक्ति प्रदान पत्र गर्नुहुदैमेयर सिँहले ईमानदारीता पुर्व काम गर्न आग्रह गर्नुभयो ।नवप्रवेशी शिक्षिकाहरुलाई सम्मान गर्ने कार्यक्रममा पचरौता नगरपालिकाकि उप-मेयर नसिमा खातुन ,पचरौता नगरपालिकाका वडा नम्बर -५ का वडाध्यक्ष लक्ष्मी यादव ,शिक्षा शाखाका प्रमुख पंडित त्रिपाठी ,शिक्षा सह -संयोजक मुकेश कुमार पटेल लगायत सरोकारवालाहरुको विशेष उपस्थिति रहेको थियो । नवप्रवेशि शिक्षिकाहरुलाई कमि देखिएको विधालयमा पठाईने शिक्षा शाखाका सहसंयोजक मुकेश कुमार पटेलले बताउनुभयो ।शिक्षामा कमि भए तत्काल गुनासोको सुनवाइ हुने गरेको शिक्षा शाखाका सह -संयोजक पटेलले बताउनुभयो ।नवप्रवेशी शिक्षिकाहरुले आफुहरुलाई दिएको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता गर्नु भएकि हुन ।


COMMENTS