Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

एमालेको नेतृत्वमा आए मात्र मुलुक सही दिशातर्प अगाडि बढ्ने- इश्वर पोखरेल

वीरगंज, १८ बैशाख । नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले एमालेले नेतृत्व गरेमा देशले गति पाउने बताएका छन् । सोमवार प्रेस चौतारी पर्साले वी...

वीरगंज, १८ बैशाख । नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले एमालेले नेतृत्व गरेमा देशले गति पाउने बताएका छन् ।
सोमवार प्रेस चौतारी पर्साले वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै उनले छ । एमालेले आफनो अनुसार रणनीति सरकार चलाउने बताए ।
 
उपाध्यक्ष पोखरेलले अहिलेको सरकार फेरबदल नहुने बताए । बाहिर चलेको कुरा जस्तो वर्तमान सरकार फेरबदल हुने निराधार रहेको प्रष्टयाए । सरकार फेरबदल नभएपनि मुलुकका मेजर पार्टीहरू एउटा अन्डरस्ट्यान्डिङमा जानुपर्ने उनको सुझाव छ । कसैले एक्लै पारेर देशको समृद्धि नहुने भएकोले मेजर पार्टीहरू एक ठाउँमा उभिन जरूरी रहेको उनको भनाइ छ ।

यसरी देश समृद्धिको सवालमा एमालेको नेतृत्वमा आए मात्र मुलुक सही दिशातर्पm अगाडि बढ्ने उनी बताउँछन् ।  उनले हाम्रो पार्टीले नेतृत्व गरेमा आर्थिक विकासका समृद्धितर्पm ठोस योजनाका साथ अगाडि बढ्छ, राष्ट्रिय स्वभिमान र स्वतन्त्रताको विषयमा अगाडि बढ्छ । सामाजिक सदभाव कायम गर्ने सन्दर्भमा एमाले ठोस ढंगले जान्छ, देश बनाउने सपनाहरूलाई जागृत गर्ने सवालमा एमाले छलाङ् मार्न सक्छ ।' कृषि, पयर्टन, उर्जासहित आर्थिक क्षेत्रलाई कसरी मजबुत बनाउन सकिन्छ, त्यो एमालेले जान्दछ ।
 
उनका अनुसार एमाले यी विषयहरूमा नीतिगतरूपमा प्रष्ट र योजनागतरूपमा प्रतिबद्ध छ । अर्काे कुरा जनताले पनि एमालेप्रति विश्वास गरिरहेको हुनाले मुलुक निर्माणका लागि एमालेको नेतृत्वको अपरिहार्य रहेको उनको धारणा छ ।

त्यसैले जनताको विश्वास जितेर हामीले मुलुकको सही ढंगले नेतृत्व गर्न चाहिरहेको उनको प्रष्टोक्ति छ । नयाँ समीकरणबाट बनेको सरकारमा आन्तरिक त्यस्तो कुनै पनि खटपट नरहेकोले सरकार परिवर्तनको विषय आइ नपरेको उनले जनाए ।

एमाले र कांग्रेस मिलेर सरकार बनाउने कुरामा कुनै दम नरहेको उनको भनाइ छ । उनका अनुसार तर यसो भनिरहँदा त्यसको अर्थ यो होइन कि कुनै एक पार्टीले अलग्याएर हमला गर्नु होइन ।

उनी भन्छन्,'देशका मेजर पार्टीहरूबीच एउटा अन्डरस्ट्यान्डिङ हुनुपर्छ, सबैलाई समेट्नुपर्छ । यो अन्डरस्टाडिनङ् गराउनमा हाम्रो भूमिका र पहल दुईवटै हुनु पर्छ । ताकी देश समृद्धि अगाडि बढोस ।'
 
पत्रकार सम्मेलनमा एमालेका सचिव योगेश भट्टराइ, एमाले नेता अच्युत मैनाली, सांसद राजकुमार गुप्ता लगायतको सहभागीता थियो ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content