Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

सुनको सिक्री नपाएपछि विवाह रद्द, बेहुलासहित ८ जना पक्राउ

वीरगंज, २९ फागुन । दाइजोमा सुनको सिक्री नपाउँदा वीरगन्ज महानगरका एक कर्मचारीले सोमबार राति विवाह नै रोकेपछि प्रहरीले उनलाई मंगलबार बिहानै २ ...

वीरगंज, २९ फागुन । दाइजोमा सुनको सिक्री नपाउँदा वीरगन्ज महानगरका एक कर्मचारीले सोमबार राति विवाह नै रोकेपछि प्रहरीले उनलाई मंगलबार बिहानै २ बजे पक्राउ गरेको छ। बेहुली पक्षले प्रहरीलाई उजुरी दिएपछि बेहुला पक्राउ हुन्।

वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साहले दाइजोमा सुनको सिक्री नपाएपछि विवाह नै रद्द गरेका थिए।

बारा कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने साहले दाइजोमा नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक एक थान सुनको अैा‌ठी र हनुमानको माला पाइसकेपछि पनि गए राति मण्डपमा सुनको सिक्री नपाएपछि बिहे नै रोकिदिएर जन्ती फिर्ता लगेका थिए।

विवाह मण्डप बनिसकेको थियो। आफन्तलगायत सबै बेहुलासहित आएको जन्तीदेखि खुसी बनेका थिए। वरमाला तथा विवाहको सुरुवाती रिवाज मधेसको समुदाय तिर हुने (पर्छावन) भइसक्दा अब बिहेका लागि बेहुला मण्डपमा पुग्दा विभिन्न प्रकारका बहाना बनाउँदै करिब २ बजे राति बेहुला साहले बिहे नगर्ने आलटाल गर्न लागेको केटी पक्षको भनाई छ।

पर्साको वीरगन्ज महानगरपालिका–२४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीय छोरी रमिता कुमारीको विवाह बाराको कलैया उपमहानगरपालिका–४ सिनेमा चौक निवासी बच्चलाल साहका अन्दाजी २६ वर्षीय छोरा उमेश साहसँग फागुनमा २८ हुने तय भएको थियो।  

तर, आर्थिक अभावका कारण सुखलले दाइजोमा १२ लाख दिए मोटरसाइकल बापत ३ लाख २५ हजार दिए अन्य सब समान दिए पनि बिहे गर्न आएका बेहुला उमेशले सिक्री नपाउँदा बिहे नै गरेनन्।

ऋण काढेर भए पनि छोरीको विवाहका लागि आवश्यक सबै तयारी पूरा गरेका सुखल छोरीको विवाह रोकिएपछि  मारमा परेका छन्। साहुसँग चर्को ब्याजमा ऋण काढेर सम्पूर्ण तयारी गरे पनि विवाह नै नभएपछि सुखल थप आर्थिक मारमा परेका हुन्। जन्तीलाई स्वागत गर्न पन्डालदेखि राम्रो खाना नास्ताको पनि व्यवस्था गरेको भए पनि लगभग ५० हजारको सिक्री नपाउँदा बेहुलाले मण्डपबाट भाग्न खोज्दा झडप पनि भएको सुखलले बताए।

'हामी भन्दै थियौँ, पैसाको व्यवस्था भएन। विवाहपछि सिक्री पनि दिन्छु। तर, बेहुला पक्षले मानेनन्,' सुखलले नागरिकन्यूजसँग भने। जति मनाएपनी नमान्दा बेहुला पक्षले कुटपिटमा समेत उत्रेपछि प्रहरी आइपुग्यो र बेहुला सहित ३–४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि पक्राउ गरेको छ।

विवाह नभएपछि रमिताको आँसु रोकिएको छैन। स्थानीय केही व्यक्तिले सिक्री दिएर पनि बिहे गर्न सुझाव दिइरहेका छन्। बिहेको वातावरण निर्माणमा जुटेका छन्। तर, अब कुनै पनि हालतमा त्यो घरमा विवाह नगर्ने अडानमा छिन् रमिता। उनले एउटा सिक्रीको लागि विवाह नगर्ने बेहुलाले उनीसँग विवाह गरेपछि झन् दाइजोको लोभमा ज्यान पनि लिन सक्ने बताइन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले घटनाको सत्यतथ्य आफूले बुझिरहेको बताए। उनले दाइजोका कारण विवाह रोकिएकाले पीडकलाई कानुनी कारबाही गर्नुपर्ने बताए। ढुङ्गेलले भने, 'बेहुली पक्षले जाहेरी दियो भने दाइजो कसुरको मुद्दामा हामी बेहुला पक्षमाथि कारबाही गर्छौँ।'

अहिले दुवै पक्षलाई श्रीपुर वडा कार्यालयमा राखिएको छ।

मधेस प्रदेशमा बालविवाह र दाइजो प्रथाको बिगबिगी छ। दाइजोका कारण विवाह रोकिएको यो एउटा उदाहरण मात्र हो। दाइजो नदिएकै कारण विवाह रोकिने र विवाह भइसकेपछि पनि हत्या गरिने जस्तो जघन्य अपराध निरन्तर हुँदै आएका छन्।

सरकारले बालविवाह र दाइजो प्रथालाई निर्मूल पार्ने भन्दै आए पनि यो व्यवहारमा लागू हुन सकेको छैन। दाइजोलाई बेहुलीतर्फबाट बेहुलालाई विवाह गरेर जाँदा दिइएका उपहारका रूपमा अत्यन्त हलुका ढङ्गले लिइएको पाइन्छ। सतहमा त्यस्तो देखिए पनि गहिराइ भने अत्यन्त भयानक र दर्दनाक रहेको एक कानुन व्यवसायी बताए।

प्रहरी उपरीक्षक ढुङ्गेलले भने, 'दाइजोलाई सामान्य उपहार जस्तो बुझिन्छ। उपहार त दिए पनि हुन्छ, नदिए पनि हुन्छ। तर, दाइजो त सदियौँदेखि समाजमा जरा गाडेर बसेको छ।'

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content