Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

मौलापुर मधानी महोत्सव २०८०मा ७३ लाख २५ हजार खर्च भएको विवरण सहित सार्वजनिक "  रौतहटको मौलापुर नगरपालिकाको पतौरामा रहेको ,पतौरा पुरातात्...
मौलापुर मधानी महोत्सव २०८०मा ७३ लाख २५ हजार खर्च भएको विवरण सहित सार्वजनिक "
 रौतहटको मौलापुर नगरपालिकाको पतौरामा रहेको ,पतौरा पुरातात्विक महादेव मन्दिरलाई बिश्व सम्पदा सूचिमा सुचीकृत गराउन र मधानी महायज्ञलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उदेश्य सहित मौलापुर नगरपालिकाद्वारा यहीँ फाल्गुण २२ गते देखि २६ गते सम्म ५ दिवसिय मधानी महोत्सव  सम्पन्न भएको हो ।सो मधानी महोत्सवमा नगरपालिकाले ७३ लाख २५ हजार खर्च गरेको मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु  प्रसाद साहले  श्री गढीमाई राष्ट्रिय  दैनिकलाई जानकारी  दिएका छन्। मधानी महोत्सवमा भारतीय सुपरस्टार गोविन्दा अहुजा , नेपाली सुपरस्टार  नायक पल शाह,  भोजपुरीका स्टार नायिका निलम गिरी  विश्व  चर्चित पहलवान बबिता फोगाट लगायत दर्जनौ प्रसिद्ध  कलाकार तथा खेलाडीहरूको सहभागितामा उक्त मधानी महोत्सव सम्पन्न भएको निमित्त प्रमुख  प्रशासकीय अधिकृत साहले बताउनुभयो।बाबाधामको मुल पुजारीहरु र संस्कृत विश्व , विधालयको आचार्यहरुले मन्दिरमा पुजा गराउनुको साथै  भव्य रुपमा मधानी महोत्सव सम्पन्न भएको पनि वहाँले बताउनुभयो ।हजारौंको भक्तजनको उपस्थितिमा  भगवान शिवको बारात यात्रा गरिएको पनि मौलापुर नगरपालिकाकि मेयर एवम्  जुझारु महिला नेत्री रिना कुमारी साहले श्री गढीमाई राष्ट्रिय दैनिकलाई  बताईन ।मधेस प्रदेशको १३६ पालिकामा मात्र नभई देशकै ७५३ पालिकामा मौलापुर नगरपालिकाले छुट्टै पहिचान बनाउँदै गएको र मौलापुर नगरपालिकाले ,शिक्षा ,स्वास्थ्य सँगै, पर्यटन प्रवर्द्धन र धार्मिक क्षेत्रबाट मौलापुरलाई विश्वमा चिनाउनका लागि २०७६ साल देखि निरन्तर  मौलापुरमा ,पतौरा मधानी महोत्सव मनाउने गरिएको पनि मेयर साहले बताईन ।महिलाहरूको निमित्त  मौलापुर प्रेरणाको स्रोत भएको र आफु पनि महिला भएकोले महिलाको लागि अनेकन काम गरेको  जगजाहेर  मेयर साहले बताईन।मौलापुर नगरपालिकाले पारदर्शिता हिसाबले काम गरेकोले ,दोस्रो कार्यकालमा अनेकन अडचन आए पनि जनताको बलमा आफुले काम गर्ने सौभाग्य प्राप्त गरेको  मौलापुर नगरपालिकाकि मेयर एवम् महिला नेत्री  रिना कुमारी साहले बताईन।मधानी महोत्सवमा शिव मण्डली सहितकाे शिवलिला प्रदर्शन भएको नगरपालिकाले जनाएका छन् ।दुनियालाई तरंगित गर्ने यस्तो विशाल कार्यक्रम भब्यताका साथ सम्पन्न हुनु मितब्यीता, सुशासन, पारदर्शिता र सदाचारको क्षेत्रमा उदाहरणीय बनेको छ ।सरकारी निकायमा खर्च बिवरण माग्दा पनि नदिने अहिलेको परिवेशमा मौलापुर नगरपालिकाले आँफै खर्च विवरण सार्वजनिक गर्नु आफैंमा सराहनीय एवं उदहरणीय कार्य भएको मौलापुर नगरपालिकाका स्थानीयबासीहरुले बताएका छन् ।मौलापुर नगरपालिकाले विकास र सेवा ,सुविधा दिई  देशमै उदाहरण मात्र नभई अब पारदर्शिता, जवाफदेहिता र सुशासनको क्षेत्रमा ख्याति कमाउँदै गएका छन् ।मौलापुर नगरपालिका रौतहट क्षेत्र नम्बर -३ मा पर्ने गरेको र सो क्षेत्रका प्रतिनिधि सभा सदस्य साँसद प्रभु साहले पनि पर्यटन प्रवर्द्धनका लागि काम गर्दे आएको सो क्षेत्रका स्थानीयबासीले बताएका छन्।यहीँ काम देख्न नसकेर विपक्षीहरुले अहिले अनेकन हल्ला भिजाई रहेको भएपनि आफैँमा हास्यास्पद रौतहटका समाजसेवीहरुले बताएका छन् । 


  


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content