Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराबाट २१ लाख हुन्डीको रकमसहित पाँचजना पक्राउ

वीरगंज, २१ फागुन । जिल्ला प्रहरी कार्यालय, बाराले हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा पाँचजनालाई २१ लाख नगदसहित पक्राउ गरेको छ ।   सूचनाको...

वीरगंज, २१ फागुन ।
जिल्ला प्रहरी कार्यालय, बाराले हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा पाँचजनालाई २१ लाख नगदसहित पक्राउ गरेको छ ।
 
सूचनाको आधारमा प्रहरीले शुक्रवार कलैया उप–महानगरपालिका वडा न. ६ स्थित अस्पताल रोडबाट रंजित सर्राफलाई पाँच लाख रकमसहित पक्राउ गरिएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।
 
सर्राफले कुनै पनि बैंकको इजाजत पत्र नलिई भारतबाट नेपालमा रकम ओसारपसार गर्ने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले सर्राफसंगै थप तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत विहार राज्यको जिल्ला मोतिहारी थाना हरपुर पंचायत हरपुर ग्राम नायक टोलमा बस्ने वर्ष २९ को रंजित सरार्पm, कलैया उ.म.न.पा.वडा न.७ मा बस्ने वर्ष ३१ को कलामुदिन अंसारी, महागढीमाई न.पा.वडा न.१ मा बस्ने वर्ष ३९ को मेराजुल हक अंसारी । पक्राउ परेका दुवैजना आसिफ मनि चेन्जर संचालक रहेको प्रहरीले जनाएको छ ।
 
यसैगरी सूचनाको आधारमा इलाका प्रहरी कार्यालय छत्वा, बाराले आइतवार विश्रामपुर गाँउपालिका वडा नं. १ छत्वा कल्याणपुर सुलिगेटबाट १६ लाख ९ हजार रकमसहित दुईजनालाई पक्राउ गरेको छ ।
 
भारतबाट नेपाल आउदै गरेको भारतीय नम्बरको मोटरसाइकलमा सवार भारत, राज्य बिहार, जिल्ला मोतिहारी, ग्राम स्यामपुर बस्ने वर्ष ४२ को कृष्ण लाल प्रसाद, र ग्राम अरेरा बस्ने वर्ष ४० को रबिशंकर सिंह रहेको प्रहरीले जनाएको छ ।
 
पक्राउ परेका पाँचैजनालाई बैंक तथा वित्तिय संस्था सम्बन्धीको कसूर मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट दिन सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रवक्ता न्यौपानेले बताएका छन् ।



COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content