Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

पर्सा इलेभेनलाई हराउँदै पुलिसले उपाधि चुम्यो

वीरगंज, १४ पुस । प्रो क्लब च्याम्पियनपिसप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।   वीरगंको नारायणी क्रिकेट रंगशालाम...

वीरगंज, १४ पुस । प्रो क्लब च्याम्पियनपिसप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
 
वीरगंको नारायणी क्रिकेट रंगशालामा आज भएको फाइनल खेलमा पुलिस क्लबले पर्सा क्लब–११ लाई एक सय रनको फराकिलो अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो ।
टस जिती पहिले ब्याटिड्ढो निर्णय लिएको पुलिस क्लबले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पर्साले भने ११ ओभरमै अलआउट हुनुअघि ४५ रनमात्र बनाउन सक्यो ।

पहिलो ब्याटिङ गरेको पुलिसका लागि करण केसीले अविजित ४० रनको योगदान गरे । उनले केवल १७ बलमा पाँच छक्का प्रहार गरेका थिए । अर्जुन साउदले पनि २६ रन बनाए । शंकर राणाले १९ रन जोडे । ओपनर दिलीप नाथले १७ रन बटुले । कप्तान आरिफ शेख १६ रनमा आउट भए ।

पर्साका बलर सफिउल्लाह अन्सारी र पवन सर्राफले दुर्ई–दुर्ई तथा रूपेश सिंह र रंजित कुमारले एक–एक विकेट लिए । जवाफी ब्याटिङ गरेको पर्साका लागि ओपनर अनिल शाहले मात्र दोहोरो अङ्कमा रन बनाउन सके । उनले १३ रन बनाएका थिए ।

पुलिस क्लबका बलर सागर ढकाल एक्लैले चार विकेट लिए । ललित राजवंशी र रासिद खानले दुर्ई–दुर्ई विकेट हात पारे । करण केसी र शेर मल्लले एक–एक विकेट लिए ।
 
चर्चित लेग–स्पिनर सनदीप लामिछानेको कप्तानीमा पर्साको टोली फाइनलसम्म पुगेको थियो । तर, शनिवारको फाइनल खेल भने सनदीपले खेलेका थिएनन् । बलात्कार कसुरमा शुक्रवार जिल्ला अदालत काठमाडौंबाट दोर्षी करार भएका कारण उनले फाइनल खेल नखेलेका हुन् ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान हासिल ग¥यो । तेस्रो स्थानका लागि शनिवार नै खेलिएको खेलमा आर्मी क्लबले भारतको वन्डरर्स क्लब नोयडालाई ६ विकेटले हराउँदै तेस्रो स्थानमा हासिल गरेको हो । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content