Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

गुणस्तरहीन जगदम्बा डण्डी (रड) बंग्याउँदा भाँचियो, शंकर गु्रपको उत्पादनमाथि पुनः प्रश्नचिह्न तेर्सियो

वीरगंज, २४ कात्तिक । शंकर गु्रप अन्तर्गतको जगदम्बा स्टिलद्वारा उत्पादित फलामका डण्डी (रड) को गुणस्तरहीन रहेको गुनासो आएको छ । वीरगंज महानगरप...

वीरगंज, २४ कात्तिक ।

शंकर गु्रप अन्तर्गतको जगदम्बा स्टिलद्वारा उत्पादित फलामका डण्डी (रड) को गुणस्तरहीन रहेको गुनासो आएको छ ।

वीरगंज महानगरपालिका–१५ लक्ष्मणवामा घर बनाउँदै आएका एकजना उपभोक्ताका अनुसार जगदम्बा स्टिल्सको जगदम्बा इ एफइ ५०० को १६ एमएमको फलामको रड प्रयोग गर्दा रडको लचकता आवश्यकताभन्दा अधिक कम रहेकोले रडलाई मोडने क्रममा भाँचिएको उपभोक्ताले गुनासो गरेको छ ।

यस विषयमा पीडित पक्षले कम्पनीलाई जानकारी गराउँदा कम्पनीले सामान किनेको ठाउँमा जानूस् पसलेले जे गर्नुछ गर्छ भनेर बताए । उनले पसलको साहुको अनुसार यो रड हामीले बनाएको हैन । यो कम्पनीको गलती हो भने कम्पनीमा बुझ्नुस् भनेर गैरजिम्मेवार जवाफ दिएका थिए ।

गुनासो सुन्ने कुनै निकाय नभेटिएपछि पीडित घरधनीले नेपाल गुणस्तर तथा नापतौल विभागमा उजूरी गर्ने बताएका छन् ।


विगतमा काठमाडौं महानगरपालिका–१६ खरिबोटको बोहराटारका श्रीकृष्ण भट्टराईले घर निर्माण गर्ने क्रममा १६ एमएमको रड मोड्ने क्रममा भाँचिएको उजूरी गरेका थिए । उनको उजूरीका आधारमा नेपाल गुणस्तर तथा नापतौल विभागका तत्कालीन महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड पूरा नगरेकोले यसको बिक्रीमा रोक लगाएको थियो ।

यसभन्दा अघि शंकर गु्रप अन्तर्गतको जगदम्बा स्टिलद्वारा उत्पादित फलामका डण्डी (रड) को गुणस्तर कमजोर पाइएपछि सरकारले बिक्री वितरणमा रोक लगाएको थियो । नेपाल गुणस्तर तथा नापतौल विभागले कम्पनीलाई स्पष्टीकरण पत्र लेखेर जगदम्बाले उत्पादन गरेको १६ एमएमको टिएमटी वार फी ५०० रड बिक्री वितरण नगर्न निर्देशन दिएको थियो ।

जगदम्बाले डण्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरमा बेवास्ता गरेको भेटिएपछि बिक्रीमा रोक लगाउनुपरेको विभागले जनाएको छ। उक्त व्याचको सम्पूर्ण रड बजारबाट फिर्ता लिनसमेत निर्देशन दिइएको थियो ।

नेपाल गुणस्तर प्रमाण चिहन ऐन तथा नियमावली २०४० को नियम (१६) अनुसारको जगदम्बा स्टिल्सलाई कारबाही गर्नुपर्ने माग उठेको छ ।

जगदम्बा स्टिल प्रालिले फलामका डण्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरमा बेवास्ता गरेको घटना पटक–पटक उजागर हुने गरेको छ ।

तर शंकर गु्रपको आर्थिक प्रलोभनमा परेर पुनः जगदम्बा स्टिलको उत्पादन बजारमा बिक्री वितरण हुने गरेको छ । यसप्रकारको गुणस्तरहीन रड बजारमा बिक्री वितरणमा रोक लगाउनुपर्ने बुद्धिजीवीको माग छ ।

जगदम्बा स्टिलमा केमिकलको मात्रा धेरै पाइएको छ । सल्फर, कार्बनको मात्रा बढी हुँदा रड कडा बन्छ । रडमा डक्टिलिटी (नरमपना वा तन्किने शक्ति) कम हुँदा बंग्याउँदा भाँचिने गरेको छ ।

फलामको डण्डी उत्पादन गर्न उच्च गुणस्तरको ब्लेड प्रयोग गर्नुपर्नेमा जगदम्बाले कवाडीमार्पmत सङ्कलन गरेका टुक्रा पगालेर ब्लेड बनाई प्रयोग गर्दै आएको पाइएको छ । जगदम्बा स्टिलको उद्योग बाराको सिमरामा छ । नम्बर वान फलामे छड भनेर दाबी गर्दै आएको जगदम्बाको गुणस्तरमा लापरवाही देखिएपछि उपभोक्ताको हितविपरीत बिक्री वितरण भइरहेको छ ।

जगदम्बा स्टिलका उत्पादन विगतमा पनि पटकपटक प्रश्न उठेको थियो। समस्या आएका ठाउँमा कम्पनीले प्रतिनिधि पठाएर सम्झौता गर्दै आएको पाइएको छ । जगदम्बा डण्डी प्रयोग गरेर निर्माण गरिएका घरलगायत भौतिक पूर्वाधार कमजोर देखिए सुरक्षाका लागि बिमा गरिदिने र थप केही दुर्घटना भए जिम्मेवारी लिनेगरी उपभोक्तासँग उसले सम्झौता गर्दै आएको छ ।

जगदम्बालगायत केही उद्योगले टुक्रादेखि, खिया लागेर काम नलाग्ने कवाडी फलाम सङ्कलन र प्रशोधन गरी रड बनाउने गरेका छन। जगदम्बाले थोत्रा फलाम पगाल्न भट्टी बनाएको छ । उच्च तापक्रममा फलामका थोत्रा सामान पगालेर लिक्विड आइरन बनाइनछ । क्रमशः तापक्रम घटाएर फलामको ब्लेड बनाइनछरु। त्यसलाई रड बनाउन प्रयोग गरिन्छ। कवाडी फलाम पगालेर बनाइने रडभन्दा प्राइमरी ब्लेडबाट बनाएको रड गुणस्तरीय हुन्छरु। प्राइमरी ब्लेडभन्दा सेकेन्डरी ब्लेड प्रयोग गर्दा लागत कम पर्छ । अधिकांश उद्योगमा प्राइमरी ब्लेड, सेकेन्डरी ब्लेड प्रयोग गर्ने गरिन्छ । प्राइमरी ब्लेडमा खानीबाट ल्याएको कच्चा पदार्थलाई पहिलोपटक प्रयोगमा ल्याइएको हुन्छ । सेकेन्डरी ब्लेडमा वेस्टेज कवाडी फलाम रिसाइकल गरेर ब्लेड बनाई प्रयोग गरिन्छरु। नेपालका अधिकांश स्टिल उद्योगले सेकेन्डरी ब्लेड प्रयोग गर्दै आएका छन ।

अधिकांश उद्योगले विदेशका उच्च प्रविधियुक्त कम्पनीले रिसाइकल गरेका ब्लेड ल्याएर प्रयोग गर्छन । केही स्टिल उद्योगले नेपालभित्रै कवाडी फलाम सङ्कलन र प्रशोधन गरी प्रयोग गर्दै आएका छन । तीमध्ये जगदम्बा कम्पनी पनि एक हो । जगदम्बाले आफैं प्रशोधन गरी ब्लेड बनाएर प्रयोग गर्दै आएको छ । प्राइमरी ब्लेडभन्दा प्रशोधन गरेको ब्लेड सस्तो पर्ने उद्योगी बताउँछन ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content