Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

वनभोज मनाएर फर्केको बस सिमरामा दुर्घटना, एकको मृत्यु, ११ जना घाइते

वीरगंज, १२ कात्तिक । वनभोज मनाएर फर्केको बस सिमरामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । चितवनबाट वीरगंजतर्फ जाँ...

वीरगंज, १२ कात्तिक ।

वनभोज मनाएर फर्केको बस सिमरामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

चितवनबाट वीरगंजतर्फ जाँदै गरेको ना ७ ख ४७४९ नं. को बसले मोटरसाइकललाई बचाउने क्रममा अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका हुन् ।

शनिवार राति १० बजे बारा, जितपुरसिमरा उपमहानगरपालिका–२ सिमरा चोकमा सो बस दुर्घटना भएको थियो । दुर्घटनामा परी भारत, मोतिहारी जिल्ला पोखरीया पपरीया ढाका किरैया घर भई जिल्ला पर्सा, वीरगंज महानगरपालिका–७ बस्ने  वर्ष २७ को मुकेश साहको मृत्यु भएको छ भने कलैया उमनापा–२० बस्ने वर्ष ४५ को विर बहादुर महतो, वीरगंज–८  बस्ने वर्ष ३० को सुरज साह कानु, वर्ष १८ की प्रिया गुप्ता, वर्ष १६ की मनिषा साह, वडा नं. १२ बस्ने सुनिल कुमार गुरूड्ढो छोरी वर्ष २३ की सेजल गुरूङ, वडा नं. ८ बस्ने वर्ष ५२ को ललन चौरसिया, वडा नं. १२ बस्ने वर्ष २७ को राजन कुमार गुप्ता, वडा नं. ८ बस्ने वर्ष २८ को मोहन साह कानु, कलैया उ.म.ना.पा. ७ बस्ने वर्ष १८ को प्रसाद गुप्ता, वडा नं. ७ बस्ने वर्ष ३५ को अविनाश गुप्ता, जितपुरसिमरा उ.म.ना.पा. वडा नं. २ बस्ने नविन राईको छोरा वर्ष १९ को अनिष राई घाइते भएको जिप्रका, बाराले जनाएको छ ।

चितवनको जलबिरेमा पिकनिक मनाएर वीरगंज फर्कदै गरेको बस शनिवार राती सिमरामा दुर्घटना भएको थियो ।

वीरगंजको नगवाबाट पिकनिकका लागि गएको ना७ख ४७४९ नम्बरको बस फर्कने क्रममा सिमराको मुख्य चोकमा अनियन्त्रित भई दुर्घटना भएको हो । तिब्र गतिमा रहेको बस सिमरास्थित राष्ट्रिय बाणिज्य बैंकको भवनमा ठोक्किन पुगेको थियो ।

दुर्घटनालगत्तै मुकेशलाई गण्डकस्थित बयोधा मेडिसिटी अस्पताल लगिएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content