रुपेश यादव
रौतहट
"
रौतहटको माधवनारायण नगरपालिकाको ८ अौँ नगर सभा भव्यताका साथ सम्पन्न भएको छ।नगरपालिकाकाे सभा हलमा सो नगरसभा भएको हो।माधवनारायण नगरपालिकाका मेयर बैजु यादवको अध्यक्ष्ातामा नगर सभा भएको हो।आ.व. २०८०/८१ को संसोधित बजेट, कार्यक्रम तथा योजनाहरुको विवरण प्रस्तुत गरिएको थियो।नगर सभाले आ.व.२०८०/८१ का लागि करिब ५३ करोड ३० लाख ४४ हजार १ सय २४ रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो।कार्यनीति कार्यक्रम एवं बजेट प्रस्तुत गर्दै माधव नारायण नगरपालिकाका मेयर बैजु यादवले भने सबै कुरा शिक्षा ,स्वास्थ्य लगायत समेटेर बजेट प्रस्तुत गरिएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।माधव नारायण नगरपालिकाकि उप-मेयर निर्माला देवी रमन, प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादव, कृषि शाखा प्रमुख अर्जुनकुमार दास, लेखापाल रामबलम यादव , कार्यपालिका स्दस्यहरू,विभिन्न वडाका वडाध्यक्षहरु, नागरिक समाजका प्रतिनिधि , प्रहरीका पदाधिकारीहरु , पत्रकार लगायत नगरपालिकाको सबै कर्मचारीहरुको सहभागिता रहेको माधवनारायण नगरपालिका प्रशासन शाखाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन्।
प्रतिक्रिया