Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

उन्नाइसौँ एशियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई पदकको सम्भावना

काठमाडौँ, १५ असोज : उन्नाइसौँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपालले पदक प्राप्त गर्ने सम्भावना देखिएको छ । चीनको हाङ्झाउ...

काठमाडौँ, १५ असोज : उन्नाइसौँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपालले पदक प्राप्त गर्ने सम्भावना देखिएको छ । चीनको हाङ्झाउमा आज भएको खेलमा नेपालले बङ्लादेशलाई पराजित गरेसँगै पदक प्राप्त गर्ने सम्भावना बनेको हो ।

आजको खेलमा नेपालले बङ्लादेशलाई ३७–२४ अङ्कले पराजित गरेको हो । पहिलो हाफमा नेपालले २१–१६ अङ्कको अग्रता लिएको थियो । दोस्रो हाफमा नेपालले १६–८ अङ्कको अग्रता लिएपछि जित पक्का भएको हो ।

महिला कबड्डीतर्फ नेपाल 'समूह बी'मा रहेको छ । उक्त समूहमा नेपालसँगै बङ्गलादेश र इरान छन् । अब नेपालले महिला कबड्डीमा बलियो मानिएको इरानसित खेल्नेछ । इरानले बङ्गलादेशलाई पराजित गरेको अवस्थामा मात्र नेपाल सेमिफाइनल प्रवेश गर्नेछ । यस्तो अवस्थामा नेपालले पदक पाउने पक्कापक्की हुन्छ ।

इरानले १८औँ एसियाली खेलकुदमा पनि महिला कबड्डीमा स्वर्णपदक जितेको थियो । महिला कबड्डीको 'समूह ए'मा भारत, थाइल्याण्ड, चाइनिज ताइपेइ र दक्षिण कोरिया रहेका छन् । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान रहेको छ ।  

महिला भलिबलमा नेपाल दक्षिण कोरियासित पराजित

उन्नइसौँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलमा नेपाल आफ्नो दोस्रो खेलमा दक्षिण कोरियासँग पराजित भएको छ । नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको हो । चीनको हाङ्झाउमा आज भएको खेलमा दक्षिण कोरियाले नेपालाई २५–२१, २५–१४ र २५–११ अङ्कले पराजित गरेको हो ।

नेपाल यसअघि शनिबार भियतनामसँग ३–० सेटले पराजित भएको थियो । 'समूह सी'मा नेपालसँगै भियतनाम र दक्षिण कोरिया छन् । पुरुष भलिबलमा नेपाल यसअघि नै पराजित भएर स्वदेश फर्किसकेको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content