Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिको ९ अौँ बार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न

अजय यादव वियोगी  कलैया ,बारा । "श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिको ९ अौँ बार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न  " बाराक...
अजय यादव वियोगी 
कलैया ,बारा ।
"श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिको ९ अौँ बार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न


 "
बाराको ऐतिहासिक एवम् पुरातात्त्विक नगरी महागढीमाई नगरपालिका वडा नम्बर -१ बरियारपुरमा रहेको विश्व प्रसिद्ध भगवती श्री गढीमाई मन्दिरको संरक्षण र सम्बर्द्धनका लागि गठन गरिएको हो।श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिको ९ अौँ बार्षिक साधारणसभामा समितिका अध्यक्ष एवम् चर्चित समाजसेवी रामचन्द्र प्रसाद साह तेलीको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादव (उपन )रहनु भएको थियो।विकास समितिको धर्मशालाको  प्राङ्गणमा भएको उक्त साधारणसभाको विशिष्ट अतिथिहरुमा जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख एवम् प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा ,जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवम् प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्ले ,सशस्त्र प्रहरी बल -१२ नम्बर गणका प्रमुख एवम् सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगी ,समितिका उपाध्यक्ष एवम् महागढीमाई नगरपालिका वडा नम्बर -२ का वडाध्यक्ष विश्वनाथ प्रसाद कुशवाहा ,समितिका कोषाध्यक्ष महेश जयसवाल ,श्री महेन्द्र मावि बरियारपुरका प्रधानाध्यापक मनोज साह गोढ र श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय पिप्राढी ,बेनौलीका चर्चित युवा प्रधानाध्यापक ज्ञानप्रकाश रौनियार लगायतका रहनु भएको थियो ।अतिथिहरुमा समितिका सह-सचिव सोनालाल साह ,सदस्यद्वय हरेन्द्र प्रसाद कुशवाहा ,त्रिपुरारी साह ,बरियारपुर क्याम्पसका अध्यक्ष लगायतका रहनु भएको थियो । साधारणसभामा ,समाजसेवी ,बुद्धिजीवी , पत्रकार तथा अन्य सरोकारवालाहरुको विशेष उपस्थिति रहेको थियो।विश्व प्रसिद्ध भगवती श्री गढीमाई मन्दिर अझ सुन्दर र व्यवस्थित बनाउनका लागि सबै मिलेर जानुपर्ने आवश्यकता रहेको प्रमुख अतिथि एवम् महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवले बताउनुभयो।मन्दिरको सरसफाइ देखि अन्य व्यवस्थापनमा पनि अब कडाई गर्नुको साथै विश्व प्रसिद्ध मन्दिरमा हुने काममा  समन्वय गरेर कसैले काम गर्नुपर्ने आवश्यकता रहेको प्रमुख अतिथि मेयर यादवले बताउनुभयो जथाभावीको कामले मन्दिरमा आउने दर्शनार्थीहरुलाई समस्या हुने गरेकोले त्यसलाई मध्य नजर गर्दै पालिका तथा आफू कटिबद्ध रहेको प्रमुख अतिथि एवम् मेयर यादवले बताउनुभयो।मन्दिरमा शदियो देखि चौधरी घरानाको पुजारी रहदै आएकोमा पुजापाठ विधि पुर्व भएको छ कि छैन एकिन गरेर मुल पुजारी चौधरी नै राखेर विशेष पुजारीका लागि ब्राह्मण पुजारी राख्न सकिने समेत वहाँले बताउनुभयो।विश्वकै प्रसिद्ध मेला गढीमाई मेला भएकाले विगतमा जे भएपनि अब सबै मिलेर मेला लगाउने पनि मेयर यादवले बताउनुभयो।ठुला नेताहरु अहिले सम्म गढीमाई मन्दिर चाहे जति विकास गर्न नसकेको र मन्दिरको पुजामा जति खर्च भएको त्यसको आधा पनि कसैले दिन्न नचाहेका विकासमा फड्को मार्न नसकेको  वहाँले बताउनुभय।समितिले गर्दे आएको कामको सराहना गर्दै अझ मजबुती ढंगले काम गर्नुपर्ने पनि प्रमुख अतिथि एवम् मेयर यादवले बताउनुभयो।यस्तै विशिष्ट अतिथि बाराका प्रजिअ नवराज सापकोटाले मन्दिरको सुरक्षार्थको लागि आफु प्रतिबद्ध  रहेको बताउनुभयो।विश्व प्रसिद्ध भगवती श्री गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिको ९ अौँ बार्षिक साधारणसभाले अझ काम गर्न मनोबल बढोस भन्ने कामना सहित मन्दिरको चर्चा बढनु पर्ने प्रजिअ सापकोटाले बताउनुभयो।विकास समितिका उपाध्यक्ष एवम् महागढीमाई नगरपालिका वडा नम्बर -१ वडाध्यक्ष विश्वनाथ प्रसाद कुशवाहाले सबै मिल्नुको विकल्प नरहेको बताउनुभयो।मन्दिरको विकास सबै सबै मिलेर हुने भएको नगरपालिका ,समिति तथा अन्य सरोकारवालाहरु मिल्नु पर्ने बताउनुभयो।साधारणसभामा प्रधानाध्यापक ज्ञानप्रकाश रौनियारले शुभकामना मन्तव्य राख्दै प्रगतिको कामना गर्नु भएको थियो ।विकास समितिका कोषाध्यक्ष एवम् युवा नेता महेश जयसवालले ६३ लाख ७२ हजार ५ सय ७३ रुपैयाँको आय.व्य.प्रस्तुत गर्नु भएको थियो ।
जसमध्ये सबैभन्दा लोभ लाग्दो सहयोग दर्शनार्थीहरुले QR Code बाट १ लाख ५ हजार २२ रुपैयाँको सहयोग गरेको कोषाध्यक्ष जयसवालले बताउनुभयो।सुन चाँदी भेटी चढेको त्यो सबै सार्वजनिक गर्नुभयो।सबैभन्दा बढी आँखा सोनाको २५ थान र चाँदीको आँखा ३४ थान भेटीमा आएको कोषाध्यक्ष जयसवालले बताउनुभयो ।बिन्दी सोनाको ३१ थान र चाँदी छत्रि १५ थान चढेको कोषाध्यक्ष जयसवालले बताउनुभयो।साधारणसभालाई गीत संगीतमय चर्चित भजन गायक तूफानी बाबाको टिमले बनाउनु भएको थियो।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content