Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

भरियामार्फत मलद्वारमा लुकाएर एक किलो सुन तस्करी

मंगलबार, २६ भदौ २०८०, २० : १०, काठमाडौँ । दुबईबाट आएका बाबुलाल दोङ सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट पक्राउ परे । जिल्ला प्...

मंगलबार, २६ भदौ २०८०, २० : १०, काठमाडौँ । दुबईबाट आएका बाबुलाल दोङ सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट पक्राउ परे । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्रेर चेकजाँच गर्दा मलद्वारमा लुकाएर ल्याएको अवस्थामा करिब १ किलो सुन फेला परेको छ ।

काभ्रेको खानीखोला गाउँपालिका–३ घर भएका बाबुलालको साथबाट ९ सय ६० ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए ।

२८ वर्षीय बाबुलालले अहिलेसम्म ५ पटक दुबई गएर सुन ल्याएको बयान दिएका छन् । प्रहरीसँग उनले भनेका छन्–'करिब ५ किलो ल्याएको छु ।'

बाबुलाललाई काभ्रेको रोशी गाउँपालिका–३ घट्टेखोला घर भएका जगत लामाको समूहले सुन तस्करी गर्न 'भरिया'को रुपमा परिचालन गरेको खुलेको छ । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतका अनुसार जगत लामाको समूहले ६ जना युवाहरूलाई प्रयोग गरेर दुबईबाट सुन ल्याउँछन् । ३३ वर्षीय जगतलाई प्रहरीले मंगलबार काठमाडौँको ढल्कुबाट पक्राउ गरेको छ ।

तस्करीमा संलग्न आरोपमा काभ्रेको महाभारत गाउँपालिका–३ घर भएका ३६ वर्षीय मिङमा दोर्जे स्याङतानलाई पनि प्रहरीले पक्राउ गरेको छ । बरामद सुनसहित ३ जना आरोपितलाई कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको एसपी ढुंगेलले जानकारी दिए ।

हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुनबारे अनुसन्धान जारी रहँदा दुबईबाट सो समूहले लगातार सुन ल्याइरहेको भेटिएको छ ।

जगत लामाको समूहले सुन लिन जाने युवाहरूलाई आवत–जावत खर्च ब्यहोरेर ५० हजार नगद दिएर 'भरिया'को रुपमा प्रयोग गर्ने गर्छन् । ती भरियाले मलद्वारमा लुकाएर सुन ल्याउँछन् । जगत समूहले सुन लिन पठाएका ४ जना दुबईमा छन् ।

तस्करीमा संलग्नहरु क्रेटा गाडी चढेर हिँड्थे । प्रहरीले बागमती प्रदेश–०१–०२७ च ९९६० नम्बरको गाडी बरामद गरेको छ ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content