Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

खेलकुदको रकम राखेको निहुँमा पचरौताकि उप- मेयर नसिमा खातुनको परिवार माथि आक्रमण,पन्नालाल साह प्रकाउ , वडा नम्बर -२का वडाध्यक्ष मनोज यादवको संलग्नता रहेको खुलासा "

अजय यादव वियोगी  कलैया ,बारा । "खेलकुदको रकम राखेको निहुँमा पचरौताकि उप- मेयर नसिमा खातुनको परिवार माथि आक्रमण,पन्नालाल साह प्रकाउ , वड...
अजय यादव वियोगी 
कलैया ,बारा ।
"खेलकुदको रकम राखेको निहुँमा पचरौताकि उप- मेयर नसिमा खातुनको परिवार माथि आक्रमण,पन्नालाल साह प्रकाउ , वडा नम्बर -२का वडाध्यक्ष मनोज यादवको संलग्नता रहेको खुलासा " 


  


बाराको पचरौता नगरपालिका वडा नम्बर -२ बैरियामा करिब राति ७:३० बजेको समयमा स्थानीयले उप-मेयर नसिमा खातुनको घर माथि आक्रमण गरेका छन् ।उप-मेयर खातुनको छोराले क्लबको रकम राखेको भन्दै वडाध्यक्ष स्थानीयले निहुँ बनाई आक्रमण गरेको प्रत्यक्षदर्शीहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन्।करिब रातिको समयमा बजेटको रकम निहुँले बैरियाबासी त्रसित बन्न पुगेका छन्।वडा नम्बर -२ का वडाध्यक्ष मनोज यादवकै रोहवरमा उक्त आक्रमण भएको हो ।खेलकुदको रकम उप मेयरको छोराले लिएको भन्दै स्थानीयबासी सहित वडाध्यक्ष यादव पनि उप-मेयर घरमा पुगेको स्थानीय बैरिया प्रहरी चौकीले जानकारी दिएका छन्। बैरिया प्रहरी चौकीको नम्बर ९८५५०९०६९१ सम्पर्क गरेर बुझ्दा खेलकुदको रकम १ लाख ५० हजार पालिकाबाट अाएको र उक्त रकम नदिएको भन्दै स्थानीयबासी र वडाध्यक्ष मनोज यादव समेत उप-मेयर नसिमा खातुनको घरमा पुग्दा वादविवाद हुँदै झैझगडा भएको प्रहरी चौकी बैरियाले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।बैरिया चौकीका प्रहरी पुग्दा समेत कुटाकुट भएको थियो ।बैरिया प्रहरी चौकीका ईन्चार्जले चलाउने सम्पर्क नम्बर ९८५५०९०६९१ मा पछि फोन उठाउन छाडेको र उक्त चौकी सञ्चार सो बिषयमा बताउन गरेको बताईएको हो ।जिल्ला प्रहरी  कार्यालय बाराको सञ्चारको सम्पर्क नम्बर ९८५५०४८१०१मा सम्पर्क गरेर बुझ्दा झैझगडा भएको समाचार प्राप्त भएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताएका छन्।जिल्ला प्रहरी कार्यालयको सञ्चारले दिएको जानकारी अनुसार घटनामा संलग्न रहेको भन्दै पचरौता -२ निवासी अन्दाजी बर्ष ४२ को पन्नालाल साहलाई प्रकाउ गरि हिरासत राखिएको पनि जानकारी दिएका छन्।उक्त घटना ६ जना दुवै समूहबाट घाइते छ ।घाइते हुनेहरूमा पचरौता नगरपालिकाकि उप-मेयरकि श्रीमान नेवाजी मियाँ ,नरेन्द्र कुमार यादव ,पप्पुलाल यादव ,राकेश यादव ,राजेन्द्र यादव र एक महिला रजकलिया देवी समेत रहेको श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन् ।प्रहरीले प्रारम्भिक अनुसन्धान समेत सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएका छन्।प्रादेशिक अस्पताल कलैयामा ६ जनाको उपचार भईरहेको छ।अस्पतालमा रहेको प्रहरीको सम्पर्क नम्बर ९८४८१७१२८३ मा सम्पर्क गरेर बुँझ्दा ६ जनाले उपचार गराईरहेको वहाँहरुको अवस्था संतोषजनक नै रहेको जानकारी दिएका छन्।यसअघि पनि उप-मेयरको घरमा आक्रमण भएको थियो।पटकपटक यस्तो घटनाले पचरौताबासी चिन्तित भएका छन्।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content