Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बारामा भवनको अभाव हुँदा काम गर्न कठिन भएको कार्यालय प्रमुख डा.पुनिता केशरीको भनाई"

अजय यादव वियोगी  कलैया ,बारा । "प्रादेशिक आयुर्वेद तथा वैकल्पिक  चिकित्सालय बारामा भवनको अभाव हुँदा काम गर्न कठिन भएको कार्यालय प्रमुख ...
अजय यादव वियोगी 
कलैया ,बारा ।
"प्रादेशिक आयुर्वेद तथा वैकल्पिक  चिकित्सालय बारामा भवनको अभाव हुँदा काम गर्न कठिन भएको कार्यालय प्रमुख डा.पुनिता केशरीको भनाई" 


  


बाराको कलैयामा रहेको प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले विगत भन्दा अहिले केही सहज ढंगले सेवा दिन थालेका छन् ।जिल्ला आयुर्वेद हुँदा त्यतिबेला भन्दा अहिले सेवाग्राहीको चाप केही बढेपनि  चित बुझ्दो नभएको सेवाग्राहीहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई जानकारी दिएका छन्  कलैया उपमहानगरपालिकाको भवानीपुर टोलमा रहेको प्रादेशिक आयुर्वेदमा सेवा लिने कम जाने गरेको कलैयाका प्रमोद साहले बताउनुभयो।पुरानै भवनमा खाली नाम परिवर्तन गरेपनि भौतिक संरचना जेवको तेव नै रहेको छ।दुई तला भवन छ त्यसमा पनि एकदम सानो -सानो भएकाले ल्याब लगायत   आधुनिक मशिन राख्न कठिन  भएको  प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय कलैया ,बाराका कार्यालय प्रमुख डा.पुनिता केशरीले बताईन ।२०७७ साल देखि कार्यालय प्रमुख भएर छिटपुट रुपमा केही परिवर्तन गराएको तर चाहे जति गर्न नसकेको कार्यालय प्रमुख डा.केशरीले बताईन ।कार्यालय भवन जिर्ण भएको रंग रोदन गर्न समेत रकमको अभाव  हुने गरेको  वहाँले बताईन ।केही बर्ष शौचालयको अभाव हुँदा शौचालय निर्माण  गराएको ,ल्याब  राखेको तथा अन्य काम छिटपुट भएको कार्यालय प्रमुख डा.केशरीले बताईन ।बाराका कुनै पनि जनप्रतिनिधिहरुले अहिले आयुर्वेद ध्यान नदिएको कार्यालयको लागि केही अावाज समेत नउठाएको पनि वहाँले बताईन।कुनै पनि साँसद ,विधायक र मेयरहरुले पनि चाँसो दिएका छैनन् ,हामी जे गरेका छौँ  ,अाफ्नै बल बुतामा गरेको केही काम बाँकी हुँदा गर्ने योजना रहेको कार्यालय प्रमुख डा.केशरीले बताईन ।१० जनाको  कर्मचारीहरुले नियमित सेवा दिँदै अाएको जिल्लामा ५ वटा नागरिक आरोग्य केन्द्र मार्फत सेवा दिदै आएको वहाँले बताईन ।
निजगढ , जितपुर सिमारा र कोल्हबी  लगायतको ठाउँमा  पुग्न नसकेको विभागलाई पटकपटक जानकारी गराएको बताईन ।अघिल्लो अार्थिक बर्षमा २० हजार जतिलाई  सेवा प्रदान गरेको र अब केही बढने पनि लक्ष्य  राखेको कार्यालय प्रमुख डा.केशरीले बताईन ।पुरानै  जिर्ण भवन भएकाले काम गर्न सजिलो नभएपनि यस्तै  काम भईरहेको पनि ,अव्यवस्थित सरसमान राखिएको र कार्यालयमा सेवा लिने अाउनुहरुले अक्कमक्क समेत गर्ने गरेका छन्। विभिन्न रोगहरु आयुर्वेदको माध्यमले निको हुने गरेको भएपनि जनताले विश्वास नगर्दा  र प्रचारप्रसार नहुँदा  धरापमा पर्दे गएका छन् ।मधेस प्रदेश सरकारले चाहे जति गर्न सकेका छैनन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content