Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराको सिम्रौनगढ नगरपालिका -८ कचोर्वामा मनोपरि ढंगले काम हुँदै ,वडाध्यक्ष रामदिनेश यादवलाई वडामा भएको कामको बारेमा थाहा नभएको भनाइ "

अजय यादव वियोगी  कलैया ,बारा । "बाराको सिम्रौनगढ नगरपालिका -८ कचोर्वामा मनोपरि ढंगले काम हुँदै ,वडाध्यक्ष रामदिनेश यादवलाई वडामा भएको क...
अजय यादव वियोगी 
कलैया ,बारा ।
"बाराको सिम्रौनगढ नगरपालिका -८ कचोर्वामा मनोपरि ढंगले काम हुँदै ,वडाध्यक्ष रामदिनेश यादवलाई वडामा भएको कामको बारेमा थाहा नभएको भनाइ " 


  


देशमा संघियता आएको धेरै  भयो ।विकास गर्न जनतासँग सरोकार राख्नको लागि तर निति र नियम मजबुत हुँदैन तब देशमा परिस्थिति जटिल बन्दै जान्छ।स्थानीय तहमा गुण्डागर्दी र मनोपरि बढदै गएको  जे मन लागे त्यो गतिविधि हुन थालेको हो ।पहुँच  र पैसाको अाधारमा विकासको नाममा विनाश हुन थालेको छ ।बाराको १६ पालिकामा मध्ये अहिले धेरै विवादित रहेको  सिम्रौनगढ नगरपालिकामा प्रक्रियामा कुनै काम हुन सकेको छैन।बाराको सदरमुकाम कलैया ३० किलोमिटर टाढा पुर्वमा रहेको  सिम्रौनगढ नगरपालिकाको वडा नम्बर -८ कचोर्वा पछाडि परेको गाउँ हो ।ठुलो गाउँ भएपनि शिक्षाको कमिले विकास हुन सकेको छैन ।विभिन्न योजनाहरु अलपत्र अवस्थामा रहेका छन् ।विगतमा पनि राम्रो हुन सकेको थिएन ।अहिले त हुने कुरै भएको छैन ।कचोर्वाकोको पुरानो बजार भन्दा पश्चिममा सो सडक निर्माण भईरहेको  छ ।अाषाढ ३० गते सम्म काम हुन सकेको हतारमा काम गरेर रकम निकासा बाहेक अरु केही नभएको स्थानीयबासी धर्मेन्द्र यादवले बताउनुभयो।कचोर्वामा विकास होईन विनाशको लहर चलेको स्थानीयबासी यादवले बताउनुभयो।सडकको पानी सिधै घरमा जाने भएको छ तर पनि केही नभएको कतिपय स्थानीयले गुनासो गरेपनि केही नहुने सम्बन्धित निकायको भनाइ रहेको स्वयम् पिडितहरुले बताएका छन् ।गुणस्तरहीन काम गरेर रकम निकासा गराई जनताको अाँखामा छारो हाल्ने काम भएको हो ।वडा नम्बर -८ का वडाध्यक्ष रामदिनेश यादवले पनि कसको बजेटबाट निर्माण अाफूलाई थाहा नभएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो ।उहाँले हाम्रो वडामा जस्तो काम ,जसको काम भए ,जसरी पत्रकारलाई के चाँसो नि ,जे हुदैछ राम्रो भएको भन्दै पन्छिदै कुन शीर्षकबाट भएको हो बताउनुभएनन् ।अनियमितता र भ्रष्टाचारको जालो कसरी बुन्निन्छ ,काम कसरी कचोर्वा अाए सबै स्पष्ट हुनेपनि स्थानीयबासीहरुले बताएका छन् ।अाषाढ ३० गते ढलान गर्नु लगायत नाला ,अधुरा राख्नु नालाको बिचमा पोल राख्नु ,मनपरि ढंगले काम गर्नुले सिम्रौनगढ नगरपालिकाको कचोर्वामा अहिले विकास भन्दा विनाश बढी हुने गरेको पनि स्थानीय समाजसेवीहरुले बताएका छन् ।प्रतिपक्षीहरु चुप लागेर बसेकाले अहिले सत्ताधारीहरुले गरिब ,असहायलाई दुख मात्र नियम विपरीत काम गर्दै अाफूहरुलाई कसैले केही गर्न नसक्ने भनेर अहम् प्रस्तुत गरिरहेको स्थानीय महिलाहरुले बताएका छन्।सडक ढलान गर्नुपर्ने भन्दै बिना नालाकै सडक ढलान गराउँदै अाफ्नो निजी घरमा नै सबै सडकको पानी घरमा अाउने गरेको स्थानीय महिला सोना देवीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताईन।उहाँ भावुक हुँदै भनिन् कतिपय रात सुतेको पनि छैन  ,पानी फ्याक्दै जागरम बसेको पनि बताउनुभयो।यति पिडित हुनु भो कि विकास कि विनाश हो वहाँ भावुक हुँदै सोना देवीले भनिन् हामी गरिबको अावाज कसले सुनी दिने हो।अाषाढको महिनामा पानी पर्ने गरेको अाफ्नो खपडाको घरमा पूरा पुग्ने गरेको समेत वहाँले बताईन ।त्यति मात्र कहाँ पूरा सडकको पानी घरमै अाउँछ ,सडक ढलानको लागि राखिएको बालुवा ,गिट्टी हटाँउदै कैयो रात पानी बगाएको र सोही काम कैयौं दिनदेखि बिरामी समेत भएको वहाँले बताईन ।बिना नाला नै सडक ढलान हुन थालेपछि कसैले केही बोल्न सकेको  छैन ।हतार-हतारमा विकासको नाम दिएर रकम निकासा गराउन खोजेको भएपनि ,सिम्रौनगढ नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले केही बोल्न सकेको छैन ।बारा निर्वाचन क्षेत्र -१ "ख" मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको क्षेत्र हो  ।जहाँ गरिबको घरकै अगाडि यस्तो दुर्दशा बनाएको पनि कचोर्वाका स्थानीयबासीहरुले बताएका छन्।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content