श्री गढीमाई संवाददाता
सम्बन्ध
जन सेवा,सामाजिक संस्थाले इईको सुखद उपलक्ष्यमा पर्सा जिल्लाको जगरनाथपुर गा. पा.-१ बिशुनपुरवामा एक समूह बीच एक थान स्पिग्मोमेनो मिटर (बी पी नाप्ने मशिनसंगै दुई थान थर्मोमिटर पनि उपलब्घ गराएको छ।
शुरु देखी अहिले सम्म स्थानीय बासीहरुलाइ BP चेक गराउन को लागी बाहिर अर्थात बिहारको इनरवा बज़ार सम्म जानु पर रहेको थियो। यस अर्थमा अब देखि सोही स्थानमा नै चेकजाँच गराउन सकिने समाजसेवी एवम् सामाजिक अभियन्ता बृजेश्वर प्रसाद चौधरीले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो। समस्या सधैंको लागि समाधान हुन पुगेको समाजसेवी एवम् सामाजिक अभियन्ता चौधरीले बताउनुभयो। मशीन पाइ जनताहरु प्रफुल्लित हुदै यी सामाजिक संस्था जनसेवालाई धन्यवाद दिदै हृदय देखी अगाडि बढन सुखद शुभकामनाको कामना समेत गर्नुभयो।
संस्थाका संयोजक बृजेश्वर प्रसाद चौघरी,सदस्य कन्हैया पटेल,सामाजिक कार्यकर्ता सजाद आलम,इशा राउत गदी,इस्लाम मियॉ , भुलावन मियॉ धोबी लगायत अरु थुप्रै स्थानीयहरुको विशेष उपस्थिति रहेको थियो।
यस्ता यस्ता स- साना सेवाहरु सामाजिक संस्था ,जन सेवा,हल पल हर घड़ी तपाइहरुको साथमा रहेको संस्थाका कन्हैया प्रसाद पटेल जानकारी दिएका छन्।
प्रतिक्रिया