Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

मधेसका तीन जिल्लामा सोमवारदेखि नयाँ ऐन अनुसार नागरिकता वितरण हुने

वीरगंज, २१ जेठ । नयाँ नागरिकता ऐनअनुसार पर्सा, बारा र रौतहटमा नागरिकता वितरण हुने बताइएको छ ।   आइतवारबाटै नयाँ नागरिकता ऐनअनुसार नागरिकता ...

वीरगंज, २१ जेठ ।
नयाँ नागरिकता ऐनअनुसार पर्सा, बारा र रौतहटमा नागरिकता वितरण हुने बताइएको छ ।

 
आइतवारबाटै नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण गर्न भनिए पनि पर्सा, बारा र रौतहतमा सोमवारदेखि मात्रै नागरिकता वितरण गरिने सम्बन्धीत जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय, पर्साले सूचना जारी गरी नयाँ नागरिकता ऐनअनुसार सोमवारबाट नागरिकता वितरण गरिने जनाएको छ । नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ को दफा ३ र ८ बमोजिम नेपालको नागरिकता प्राप्त गर्न चाहिने कागजातहरू संलग्न राखी जेठ २२ गते कार्यालयमा सम्पर्क राख्न जिल्ला प्रशासन कार्यालयले भनेको छ।


पर्साका सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा नयाँ नागरिकता ऐनअनुसार नागरिकता प्राप्त गर्नको लागि चाहिने कागजातहरूको विवरणसमेत उल्लेख गरिएको छ।
नागरिकता प्राप्त गर्नका लागि निवेदकले वडाध्यक्षको सिफारिससहितको अनुसूची १ को फारम, बाआमाको सक्कल नागरिकता र फोटोकपी, सक्कल जन्मदर्ता, शैक्षिक योग्यता प्रमाणपत्रलगायतका कागजातहरू चाहिने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए। उनले सम्पूर्ण तयारी पूरा भएको र सोमवारदेखि नागरिकता वितरण गरिने बताए।


हामीले सूचना जारी गरिसकेका छौँ। नयाँ ऐनअनुसार सोमवारबाट नागरिकता वितरण हुने भनेर,' उनले भने, 'आज चाहिँ वडाहरूमा सिफारिस हुने कामहरू भइराखेका छन। भोलिदेखि नयाँ ऐनअनुसार नागरिकता वितरण गर्छाैँ।'
यस्तै, बारा जिल्लामा पनि नयाँ नागरिकता ऐनअनुसार चाँडै नागरिकता वितरण गरिने भएको छ। बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले आइतवारदेखि नै वितरण गर्ने तयारी भए पनि थप केही तयारीहरू गर्नुपर्ने भएकाले साँझसम्म सूचना जारी गरेर छिटै नागरिकता वितरण गरिने जानकारी दिए।


उनले गृह मन्त्रालयबाट परिपत्र आइसकेकोले नयाँ नागरिकता ऐनअनुसार चाँडै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने गरी सूचना जारी गर्न लागेको बताए।
'हामी सम्भवतः आजै साँझसम्म सूचना जारी गरी सूचित गर्छाैँ, नयाँ ऐनअनुसार नागरिकता वितरण गर्नेवारेमा। त्यसको लागि सिडिओ साहेबले पनि तयारी गरिरहनु भएको छ,' उनले भने, 'आइतवार नै मानिसहरू नयाँ ऐनअनुसार नागरिकता कहिलेदेखि पाइन्छ भनि सोध्न आइरहनुभएको छ, अब सूचना जारी गरेर चाँडै वितरण गर्छाैँ।'


यसैगरी, रौतहटमा पनि सोमवारबाट नै नयाँ ऐनअनुसार नागरिकता वितरण गरिने भएको छ। आइतवार आवश्यक तयारी पूरा गरी सूचना जारी गरेर सोमवार नै नागरिकता वितरण गरिने रौतहटका सहायक प्रमुख जिल्ला अधिाकारी मणिभूषण साहले जानकारी दिए।


नयाँ ऐनअनुसार चाहिने कागजातहरूको वारेमा जिल्लाका सबै पालिका र वडाहरूमा पत्र पठाइएर जानकारी गराइने र त्यसपछि सोमवारबाट नागकिरता वितरण हुने उनले बताए।
'आजबाट नयाँ नागरिकता ऐनअनुसार वितरण गर्न सकिएन। सोमवारबाट हामी वितरण गर्छाैँ,' उनले भने, 'नयाँ ऐनअनुसार नागरिकता पाउन चाहिने कागजहरूको वारेमा सबै पालिका र वडामा पत्र पठाउने कामहरू साँझसम्म गरेर भोलिबाट नागरिकता वितरणको कार्य हुनेछ।' साहले आइतवार नै नयाँ ऐनअनुसारको सूचना जिल्ला प्रशासन कार्यालयले जारी गर्ने पनि जानकारी दिए।


राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधवार नागरिकता विधेयक प्रमाणीकरण गरेपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरेको थियो। देशभरिका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण गर्न परिपत्रसमेत भइसकेको छ। 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content