Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

पर्साको छिपहरमाई गाउँपालिकामा ७ सदस्यीय कानु समाजको न्यायिक समिति गठन "

शैलेश गुप्ता   पोखरिया ,पर्सा   "पर्साको छिपहरमाई गाउँपालिकामा  ७ सदस्यीय कानु समाजको न्यायिक समिति गठन "     पर्सा जिल्लाको  छिपर...
शैलेश गुप्ता 
 पोखरिया ,पर्सा  
"पर्साको छिपहरमाई गाउँपालिकामा  ७ सदस्यीय कानु समाजको न्यायिक समिति गठन " 


  


पर्सा जिल्लाको  छिपरमाई गाउँपालिका वडा नम्बर -३ जयमंगलापुरमा कानू समाज नेपाल पर्सा जिल्ला कार्य समिति सहित पोखरिया नगर कार्य समितिको संयुक्त   बैठकले कानू समाज  छिपहरमाई गाउँपालिका अन्तर्गत रहेका कानू जातिको अन्तर विवाद ,कानू कानू बीच रहेका विभिन्न मुदा मामलालाई समाधान गर्न तथा अदालती फजुल खर्च कम गर्नको निमित्त  कानू समाज नेपाल पर्सा जिल्ला कार्य समितिको अध्यक्ष रामबाबू साह कानूको अध्यक्ष्ातामा बसेको बैठकले प्रहलाद साह कानूको नेतृत्व मा ७ सदस्यीय  न्यायिक समिति गठन गरेको छ। सो समिति को  सदस्यमा विश्वनाथ साह कानू, मुक्ति नारायण साह कानू ,बिनोद प्रसाद साह कानू ,रामेश्वर साह कानू ,बिहारी साह कानू, बिरेन्द्र साह कानू लगायतका रहेका
न्यायिक समितिले कानू कानू बीच हुने  झगड़ाको मेलमिलाप गराउन ,कानू को झगड़ामा मुदा मामला, प्रहरी प्रशासन,अदालत ,लागत को सरकारी तथा पैसा खर्च हुने ठाउँमा नगई सम्बन्धित ठाउँमा  नै मिलाउने काम गरिने न्यायिक समितिका अध्यक्ष प्रहलाद प्रसाद कानुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो। बैठकबाट  मिलाउने र नमिले पछि त्यो कुरालाई जिल्ला कार्य समितिमा पुर्याउने, जिल्ला कार्यसमिति बाट समाधान नभए  केंद्रीय समितिमा जानकारी गराईने अध्यक्ष कानुले बताउनुभयो।केन्द्रीय समितिको  निर्णय  नअाउनजेल सम्म दुवै पक्षलाई रोक्न अाग्रह गरिने न्यायिक समिति छिपरमाई गाउँपालिकाका अध्यक्ष कानुले बताउनुभयो।छिपरमाई गाउँपालिकाको कानू समाजका अगुवा कार्यकर्ताहरुले प्रतिबद्धता जनाएको हो । कानू समाज नेपाल पोखरिया नगर कार्य समितिको कोषाध्यक्ष तथा संचारकर्मी शैलेश गुप्ताले यस्तो कार्यले फजुल खर्चबाट बचिने र समयको पनि बचत हुने पनि बताउनुभयो।बैठकमा कानू समाज नेपालका केन्द्रीय अध्यक्ष हरिहर साह कानू, किशोरी शाह कानू , रामदयाल साह कानु लगायत व्यक्तिहरुको सहभागिता रहेको थियो।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content