Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

भोट माग्नेसँग नागरिकता मागिरहेको माझी बस्ती

५ वैशाख, बारा । हुलाकी राजमार्गबाट उत्तरतिर पर्छ, महागढीमाई नगरपालिकाको बेतौना गाउँ । गाउँ छिर्ने धुलाम्मे सडक किनारका बिजुली पोलबाट अस्वाभा...

५ वैशाख, बारा । हुलाकी राजमार्गबाट उत्तरतिर पर्छ, महागढीमाई नगरपालिकाको बेतौना गाउँ । गाउँ छिर्ने धुलाम्मे सडक किनारका बिजुली पोलबाट अस्वाभाविक रूपमा जोडिएका बाँसका भाटा घरको छानासम्मै पुगेका छन् । नियालेर हेर्‍यो भने ती बाँसका भाटामा बिजुलीको तार पनि जोडिएको देखिन्छ ।

बारा–२ मा पर्ने बेतौना गाउँमा १० वैशाखमा हुने उपनिर्वाचनका लागि मत माग्न जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव र नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडल करिब सँगसँगै पुगे । आफ्नो गाउँतिर गाडीको लस्कर आएपछि गाउँले जस्तै घरबाहिर निस्किइन् उर्मिला देवी । उनको गाउँमा यसरी गाडी चढेर कि विद्युत् प्राधिकरणका कर्मचारी आउँछन् कि चुनावका बेला नेताहरू ।

गत ४ मंसिरमा चुनाव भएको थाहा पाएकी उर्मिलाले नेताहरू फेरि भोट माग्न आउँछन् भन्ने ख्याल नै गरेकी थिइनन् । नेताहरू बाटोमा नमस्कार गर्दै हिंड्न थालेपछि उनले नागरिकता बनाइपाऊँ भनेर एमाले उम्मेदवार पुरुषोत्तम पौडेलसँग सहयोग मागिन् ।

माझी समुदायको बसोबास रहेको यो बस्तीका धेरै जनासँग नागरिकता छैन । उर्मिलाले नागरिकताको कुरा उठाएपछि त्यही माग लिएर अरू पनि आइपुगे । ६ जनाको परिवार छ उर्मिलाको, तर कसैको नागरिकता छैन । ‘कथि के नागरिकता नहीं’ उर्मिलाले गुनासो गरिन्, ‘कहाँ से भोट हालल वानी ?’

उर्मिलाका ससुराले जन्मका आधारमा नागरिकता पाएका थिए । त्यो नागरिकताका आधारमा उनका श्रीमान्ले नागरिकता पाएनन् । उनले पनि नागरिकता पाइनन् । उर्मिला दम्पतीसँग नागरिकता नभएकै कारण उनका छोराछोरीको नागरिकता त परै जाओस् जन्मदर्ता पनि भएको छैन ।

यस्तै समस्या लिएर आइपुगिन् सुनैनादेवी । वैशाखको स्थानीय चुनाव र ४ मंसिरको प्रतिनिधि तथा प्रदेशसभाको चुनावमा पनि नेताहरूलाई नागरिकता बनाइदिन अनुरोध गरेको उनले सुनाइन् । ‘कति नेतालाई भन्नु, बन्छ भन्छन् तर, कहिल्यै बनाइदिंदैनन्’, उनी झर्को मान्छिन् ।

३१ वर्षका गेनलाल माझीको ८ जनाको परिवार छ । मजदुरी गरेर जीविकोपार्जन गरिरहेका उनलाई विदेश गएर अलि धेरै कमाउन पाए हुन्थ्यो भन्ने लागेको छ । ‘नागरिकता नभएर पासपोर्ट बन्दैन’, गेनलाल गुनासो गर्छन्, ‘कसरी विदेश जानु ?’

नागरिकता वा परिचय खुल्ने सरकारी कागज नभएकै कारण यो माझी बस्तीका कुनै पनि घरपरिवारले घरमा बिजुलीको मिटर बक्स राख्न पाएका छैनन् । त्यही मिटरबक्स नपाएकै कारण उनीहरू चोरी गरेर बिजुली बाल्न बाध्य छन् । ‘सरकारले कागज छैन भनेर मिटर दिएको छैन’, रञ्जुदेवी माझी भन्छिन् ।

अनुगमनमा आउने विद्युत् प्राधिकरणका कर्मचारीले बिजुली चोरी गर्नेलाई जेल हाल्छु भनेर धम्क्याउँछन् चोरी गर्न राखिएको बाँसको भाटा लिएर जान्छन् । रञ्जुदेवी भन्छिन्, ‘कागज बनाइदेऊ भन्दै झगडा गर्छु ।’

नागरिकता नहुँदा बिजुली बत्ती बाल्न नपाउने घरपरिवारको संख्या ५० छ । नागरिकता नभएकै कारण माझी बस्तीका बासिन्दाले मतदाता परिचयपत्र पनि बनाउन पाएका छैनन् । तर, माटोले लिपिएका माझी बस्तीका हरेक घरमा चुनावी पर्चा टाँसिएका छन् ।

उम्मेदवारले मतदाता नामावलीमा नाम नै नभएका माझी बस्तीवासीलाई आफ्नो पर्चा थमाएर जान्छन् । अझ कतिपयले कुन चुनाव चिह्नमा छाप लगाउने भनेर सिकाउँछन् पनि । ‘छाप लगाउने तरिका सिकाइसकेपछि हामी नागरिकता छैन भनेर भन्छांै’ शारदा देवी माझी भन्छिन्, ‘त्यसपछि नेताहरू बातै नगरी जान्छन् ।’

उच्च करेन्ट प्रवाह भइरहेको तारबाट बिजुली घरमा पुर्‍याउन झुण्ड्याइएका बाँसका भाटा देखाएपछि एमाले उम्मेदवार पुरुषोत्तम पौडलले भने, ‘यो सामान्य हो यस्तो चलिरहन्छ यहाँ ।’ तर, जसै स्थानीयले नागरिकता नभएका कारण बिजुली बाल्न नपाएको गुनासो गरे उनी गम्भीर देखिए । एमालेले नागरिकता सम्बन्धी कानुन बनाउन खोज्दा पनि पुष्पकमल दाहाल र शेरबहादुर देउवाले रोकेको भन्दै आलोचना गरे ।

नागरिकता नभएकै कारण बेतौनाको माझी बस्तीका बासिन्दा मतदानबाट वञ्चित मात्र भएका छैनन्, राज्यका आधारभूत सेवा–सुविधा पनि उपभोग गर्न पाएका छैनन् । ‘हामीलाई बिजुली बाल्न दिंदैन । पोतापोतीलाई स्कुलमा जन्मदर्ता ल्याऊ भन्छ’ बासमती देवी माझी सुनाउँछिन्, ‘नागरिकता छैन भनेर जन्मदर्ता पनि बनाइदिंदैनन् ।’

नागरिकता नभएकै कारण उनीहरूसँग आफ्नो नाममा जग्गा–जमिन पनि छैन । यो माझी बस्ती पनि अरूको जमिनमा बसेको छ । ‘हामी सब लोग साहुको जमिनमा बसेका छौं’ शारदा देवी पर्चा बाँडिरहेका कार्यकर्तालाई सुनाउँछिन्, ‘हामीलाई यहाँबाट उठेर जा भनेको दिन हामी कहाँ जाने ?’

सडक किनारका बिजुली खम्बाबाट तानिएका बाँसको भाटामा बेरेर तानिएका तार कति असुरक्षित छन् भने सडकमा हिंड्दा सावधानी नअपनाए ती तारले जुनसुकै बेला दुर्घटना निम्त्याउन सक्छ ।

भोट माग्दै हिंडिरहेका नेता र तिनका कार्यकर्ताहरू ती तार छल्दै, निहुरिंदै घरघर छिरेर पर्चा बाँड्छन् र आफ्ना उम्मेदवारलाई भोट हाल्न आग्रह गर्छन् । तर, माझी बस्तीसँग नागरिकता नभएको तथ्य भुल्छन् ।

हरेक पाँच वर्षमा नेतालाई आफूसँग नागरिकता नभएको गुनासो सुनाउने यो बस्तीले यसपटक भने उपनिर्वाचन भएका कारण चार महिनामै फेरि गुनासो सुनाउन पायो । ‘जसले नागरिकता बनाइदिन्थ्यो उसैलाई भोट दिन्थ्यौं’ उर्मिलादेवी नेताका गाडीतिर धारेहात लगाउँछिन्, ‘नागरिकता नभएपछि जसले जिते पनि हारे पनि हामीलाई कोही चिन्ता छैन !’


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content