Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

मुख्यमन्त्री यादवको आश्वासनपछि चुरे संरक्षण अभियन्ताले तोडे अनशन

१८ चैत, जनकपुरधाम ।मधेश प्रदेश सरकारले एकसाताभित्र वार्ता गरी माग सम्बोध गर्ने मौखिक आश्वासनमा चुरे तथा वन जंगल संरक्षण अभियानका अध्यक्ष सुन...

१८ चैत, जनकपुरधाम ।मधेश प्रदेश सरकारले एकसाताभित्र वार्ता गरी माग सम्बोध गर्ने मौखिक आश्वासनमा चुरे तथा वन जंगल संरक्षण अभियानका अध्यक्ष सुनिल यादवले अनशन तोडेका छन् ।

पाँच सुत्रीय मागसहित शुक्रबार जनकपुरधामको जनकचोकमा आमरण अनशन बसेका अध्यक्ष यादवलाई आज मुख्यमन्त्री सरोजककुमार यादवले जुस खुवाएर अनशन तोडाएका हुन् ।

मुख्यमन्त्री यादवले एकसाताभित्र वार्ता टोली बनाएर अभियानको माग सम्बोधन गर्ने बताए ।आमरण अनशन तोडाउन धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दहालले समन्वय गरेका थिए भने त्यसबखत वन उद्योग तथा पर्यटनमन्त्री सुनिता यादवसमेत पुगेकी थिइन् ।

विगतमा आमरण अनशन बस्दा मधेश सरकारले सम्झौता गरेको सात बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, खोला उत्खननको विरोध गर्दा हत्या गरिएका युवा महतोलाई पर्यावरणीय शहिद घोषणा गर्नुपर्ने, अवैध क्रसर उद्योगहरुको गतिविधि उपर तत्काल रोक लगाउनु पर्ने, भूमिहीन तथा सुकुम्बासीको आवासको मौलिक हक पूरा गर्नुपर्ने वैदेशिक रोजगारसम्बन्धी समस्या हल गर्नु पर्ने, स्थानीय तहको निर्वाचन गैरदलीय प्रतिस्पर्धा हुनु पर्नेलगायत अभियानको माग छ ।

वर्तमान प्रदेश सरकार माग पूरा गर्नेमा आफू विश्वस्त रहेको र पूरा नभए पुनः आन्दोलन थाल्ने अभियानका अध्यक्ष यादवले बताए ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content