Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

बाराको सिम्रौनगढ नगरपालिकामा लेखा अधिकृत सर्बेन्द्र चौधरीको चरम लापरबाहीले सेवाग्राही सास्ती खेप्न बाध्य ,प्रमुख प्रशासकीय अधिकृत दिनेश प्रसाद न्यौपाने अधिकारविहिन

अजय यादव वियोगी  सिम्रौनगढ ,बारा ।                                   देशमा संघियताको अभ्यास चलिरहेको छ।हतारहतारमा ल्याईएको संघियताले चरम विक...

अजय यादव वियोगी 
सिम्रौनगढ ,बारा ।                                
  देशमा संघियताको अभ्यास चलिरहेको छ।हतारहतारमा ल्याईएको संघियताले चरम विकृति ल्याईदिएको छ ।२ चोटि संविधानसभाको चुनाव भएर बनेको संविधान पनि अोझेलमा पर्दै गएका छन।स्थानीय तहमा विकास भन्दा विकृति नै बढेको छ ।बाराको सिम्रौनगढ नगरपालिकामा लेखा अधिकृत सर्बेन्द्र चौधरी कहिले नबस्दा सेवाग्राही सास्ती खेप्न बाध्य भएका छन् ।लेखा अधिकृत चौधरीको मनोमानी सिमा पार गरिसकेका छन्।कार्यालयमा कहिले नबसि डेरा ,घर ,होटलबाट काम गर्दै अाएका छन् मनोमानी ढंगले कार्यालयमा अाउने गरेको सेवाग्राहीहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताएका छन्।दिउँसो नै कार्यकक्षमा ताला लागेको भएपनि खोज्ने कोही नभएको सेवाग्राही अमरेश प्रसाद कुशवाहाले बताउनुभयो।अहिले होलीको समयमा लेखा अधिकृत चौधरी मात्र होइन ,विगत लामो समय देखि नै कार्यालय नअाई काम गर्ने गरेका छन् ।तर जनप्रतिनिधिहरुले केही गर्न सकेका छैन।जिल्लाकै १ नम्बर पावरफुल लेखामा सर्वेन्द्र चौधरी पर्ने गरेका छन्।कार्यालय नपुगी सधैं तलब भत्ता खाने गरेका छन्। 

सिम्रौनगढको स्थिति कहालीलाग्दो भएको सिम्रौनगढ नगरपालिका -१० मा खानेपानीका काम गराएका उपभोक्ता समितिका अध्यक्षले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।वहाँले भन्नुभयो  नाम के भन्ने होअहिले तपाईं अाफै हेर्नुस् दिउँसो नै लेखा अधिकृतको कार्यकक्षमा ताला लागेको छ।मेयरको काबु भन्दा बाहिर कुरा भएको वहाँले बताउनुभयो।लेखा अधिकृत सर्वेन्द्र चौधरी सम्पर्कविहिन भएर काम गर्ने गरेको खुलासा भएको छ।राति  कुनै होटल वा डेरामा बोलाई चेक दिने गरेको उच्च स्रोतले जानकारी दिएका छन्।सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश प्रसाद न्यौपाने अधिकारविहिन जस्तो भएका छन् ।प्रशासकीय अधिकृत न्यौपानै कार्यालयमा अाउने गरेको भएपनि लेखा अधिकृत चौधरी अाउने गरेका छैनन् ।दुर्भाग्य भनौं कि फोहरी राजनीति खेल विगतमा पनि सिम्रौनगढ नगरपालिकाले राम्रो काम गर्न सकेका थिएन अहिले पनि त्यहीँ हाल भएको हो।सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश प्रसाद न्यौपानेले यस बिषयमा केही खुल्याउन चाहनु भएनन्।

यता सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी प्रसाद कलवारसँग  लेखा अधिकृत सर्वेन्द्र चौधरीको बारेमा बुझ्दा मनोमानी ढंगले काम गर्ने गरेको र कार्यालयमा अाउन अानाकानी गर्ने गरेको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो। मनोमानीको हद लेखा अधिकृत चौधरीले पार गरेको भएपनि अाफुले केही गर्न नसकि लाचार भएर हेर्ने बाध्यता भएको मेयर कलवारले बताउनुभयो।मेयरकै कुरा नमानेपछि सिम्रौनगढ नगरपालिकाको अवस्था लथालिङ्ग बन्दै गएका छन्।उप-मेयर अाएको भएपनि वहाँले कुनै कडाइ गर्न सकेका छैन।सिम्रौनगढ नगरपालिकामा श्री गढीमाई राष्ट्रिय दैनिकको टिम पुग्दा नगरपालिकामा दिउँसो नै लेखा अधिकृतकै कार्यकक्षमा ताला लगाईएको थियो ।यसरी पालिका चलेको  देखेर खै स्थानीय सरकार नागरिक समाजका अगुवाहरुले चिन्ता व्यक्त गर्न थालेका छन्।

सिम्रौनगढ नगरपालिका अहिलेको मधेस प्रदेशको मुख्यमन्त्री सरोजकुमार यादवको गृह पालिका हो ।मुख्यमन्त्री यादवकै गृहपालिकामा यस्तो दुर्दशा छ भने मधेस प्रदेशको के अवस्था होला।मधेस प्रदेशमा अहिले लुटतन्त्र मच्चाउने धेरै भएका छन् ।बाराको १६ पालिमामा अहिले मेयर ,हाकिम र लेखाअधिकृतहरुको दादागिरी नै सुरु भएकोले जनताले अब त्यस्ताको ठेगान लगाउने बाराका चर्चित यूवा नेता अशोककुमार यादवले बताउनुभयो।सिम्रौनगढमा अहिले राजनीति खिचातानी नभई संघियता धरापमा जाने संकेत देखाएको युवा नेता यादवले बताउनुभयो।सिम्रौनगढ नगरपालिकाको ११ वडाका जनता समयमा काम गराउन सकेका छैनन् ।

Virus-free.www.avast.com

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content