Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

"कलैया उपमहानगरपालिका -१२ सितलपुरमा बन्दै गरेको नालामा खसेर ललिता देवी साह गम्भीर घाइते,ठेकेदारको चरम लापरबाही "

अजय यादव वियोगी कलैया, बारा ।  देशमा अहिले जे नदेख्नु पर्ने देखिएको हो ,जे नसुन्नुपर्ने हो सुनिएको हो।लापरबाहीको पनि हद हुन्छ ,तर कानुन राज्...

अजय यादव वियोगी
कलैया, बारा ।
 देशमा अहिले जे नदेख्नु पर्ने देखिएको हो ,जे नसुन्नुपर्ने हो सुनिएको हो।लापरबाहीको पनि हद हुन्छ ,तर कानुन राज्यभन्दा अहिले कुन राज्य हो त्यो बुझ्न नै गार्‍हो भएको हो।अनाहकमा जनताको  ज्यान जोखिम पर्ने सम्भावना बढेको हो।बाराको कलैया उपमहानगरपालिका -१२ सितलपुरमा साँझ ३:०० बजेको समयमा सोही ठाउँ बस्ने कपिलदेव साहको ५० बर्षीय पत्नी ललिता देवी साह बन्दै गरेको नालामा खसेर गम्भीर घाइते भएकि हुन ।घाइते साहको तत्काल नै प्रादेशिक अस्पताल कलैयामा लगेको स्थानीयबासीहरुले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताएका छन्।

गम्भीर घाइते भएकि ललिता देवीको घरमा पति कपिलदेव साह बाबाको धाममा गएकाले स्थानीयबासीले तत्काल नै अस्पताल पुर्याई ईलाज गराएका छन्।मानवत मटिअर्वा सडक खण्डको सितलपुरमा बन्दै गरेको नाला विगत ८ महिना भन्दा बढी देखि नबन्दा स्थानीय सास्ती खेप्दै अाएका छन।नालामा खस्ने बितिकै उदार गर्ने पुगेका दरोगा साहले भने महिला ललिता देवी साहको खुट्टामा सो छड पूरा भित्र गएको र अाफू लगायतकाले माथि उठाई उदार गरि कलैयाको प्रादेशिक अस्पताल सम्म पुर्याएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।ललिता देवी खस्ने बितिकै स्थानीयबासी एकजुट भएर उदार गरेकोले वहाँको ज्यान बचाउन सफल भएको नत्र अवस्था नाजुक नै हुने पनि प्रत्यक्षदर्शी दरोगा साहले बताउनुभयो।त्यस्तै अर्का प्रत्यक्षदर्शी रोहित प्रसाद कुशवाहाले पनि अाफू अाएर नै उदार गरेको पनि श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।विगत केही दिनदेखि नै मानवत मटिअर्वा सडक खण्डको बाँकी भाग बनाउनुपर्ने माँग गर्दै स्थानीयबासी अान्दोलन गर्दै अाएका छन्।

सितलपुरकि महिला ललिता देवी गम्भीर घाइते भएपछि केही बेर सम्म स्थानीयले मानवता मटिअर्वा सडक खण्ड जाम समेत गरेका थिए।बारा जिल्लामा पर्ने मानवत -कलैया -मटिअर्वा सडक खण्ड  हुलाकी राजमार्ग निर्देशनालय द्वारा (भारतीय अनुदान सहयोगबाट )कालोपत्रे हुने कार्यको शिलान्यास २०७३/०९/२९ गतेका दिन भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले गर्नुभएको थियो ।विगत ६ बर्षमा पनि यो योजना सम्पन्न हुन सकेको छैन।मानवत -कलैया -मटिअर्वा सडक खण्डको रेखदेख हुलाकी राजमार्ग अायोजना ,योजना कार्यालय बिरगंजले गर्दै अाएका छन्।मानवत मटिअर्वा सडक खण्ड बनाउने जिम्मा लिएका निर्माण व्यावसायी कम्पनी अाशिष  ,डि.एस.जे.भी.ले  निर्माण सम्पन्न गर्न सकेका छैन।२६ किलोमिटर लामो रहेको सो सडकको बाँकी रहेको काम अहिले पूरा हुन सकेको छैन। हुलाकी राजमार्ग बिरगंजका सुचना अधिकारी दुर्गा मण्डलले भने  निर्माण व्यावसायीले समयमा काम नगर्दा यस्तो परिस्थिति अाएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।विगतमा ठेक्का लिएका कम्पनी घाटा लागेको भन्दै बिचैमा छोडेकाले झन्  समस्या अाएको तर अर्को  कम्पनीसँग सम्झौता भईसकेको पनि सुचना अधिकारी मण्डलले बताउनुभयो।यता जे.भि निर्माण व्यावसायीका ठेकेदार होमनाथ गौतमको सम्पर्क नम्बर ९८५५०६७७४३ सम्पर्क गरेर बुझ्दा अाफूले सो ठेक्काको बारेमा अाफूलाई केही थाहा नभएको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।विगतमा अाफ्नो कम्पनीले काम गरेको नभई पाटनर सिपमा काम गरेको मात्र उहाँले बताउनुभयो।

अहिले अाफ्नो कुनै जिम्मा नभएको र अरुले काम गराईरहेको पनि ठेकेदार गौतमले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।अहिले साईटका जिम्मा लिएका ठेकेदार सिकेन्द्र महतोको सम्पर्क नम्बर ९८५४०२१७६२ मा सम्पर्क गरेर बुझ्दा रकम भुक्तानी नदिदाँ काम हुन नसकेको श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।अाफूले काम गराउन थालेको भएपनि सहमति अनुसार जे.भि.का ठेकेदार होमनाथ गौतमसँग नै अाफ्नो सहमति भएको ठेकेदार महतोले बताउनुभयो।यता नालामा खसेको महिलाको उपचारको खर्च अाफूले नै दिने ठेेकेदारले महतोले श्री गढीमाई राष्ट्रिय दैनिकलाई बताउनुभयो।बारा निर्वाचन क्षेत्र नम्बर -३ का प्रतिनिधि सभा सदस्य ,प्रदेश सभा सदस्य ,कलैया उपमहानगरपालिकाका मेयर ,उप-मेयर ,वडाध्यक्ष तथा सम्बन्धित सबैको ध्यानाकर्षण हुनु जरुरी रहेको कलैया उपमहानगरपालिका -१२ सितलपुरका स्थानीयहरुले माँग गरेका छन्।समयमा काम नहुँदा सधैं सो नालामा केही न केही घटना घटदै अाएका छन्।केही दिन अगाडि सोही गाउँमा एक बालक खसेर घाइते भएको थियो ।ठेकेदारको चरम लापरबाहीले जनता सास्ती खेप्न बाध्य भएकाले ठेकेदार  र कम्पनीलाई कारवाही नगरे सम्म यस्तो काम नरोकिने भएकाले सरकारको ध्यानाकर्षण हुनु जरुरी रहेको बाराका चर्चित यूवा नेता अशोककुमार यादवले बताउनुभयो।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content