Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

मधेश सरकारमा माओवादी सहभागी, सुनिता मन्त्री, रहबर अन्सारी राज्यमन्त्री

२४ माघ, जनकपुरधाम । मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले माओवादीलाई सरकारमा ल्याएर त...

२४ माघ, जनकपुरधाम । मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले माओवादीलाई सरकारमा ल्याएर तेस्रो पटक मन्त्री मण्डल विस्तार गरेका छन् ।

उनले सोमबार माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अंसारीलाई नियुक्त गरेका हुन् ।

नियुक्तिको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाइएको जानकारी सरकारले दिएको माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए ।

आज दिउँसो १ बजे प्रदेश प्रमुख कार्यालयमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीको पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ ।

योसँगै अब मधेश सरकारले पूर्णता पाएको छ । यसअघि मुख्यमन्त्री यादवले पुस २९ गते तीनजना मन्त्री र माघ २० गते ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए ।

अब मधेश सरकारमा मुख्यमन्त्री, १० मन्त्री र चार राज्यमन्त्रीसहित मन्त्रीमण्डलको संख्या १५ सदस्य पुगेको छ ।

सत्ताको नेतृत्व गरेको जसपाले अर्थ, सामाजिक विकास र खाने पानी तथा ऊर्जा विकास मन्त्रालयसहित तीन मन्त्रालय पाइसकेका छन् ।

यस्तै नेकपा एमालेले भौतिक पूर्वाधार विकास मन्त्रालय, गृह तथा सञ्चार मन्त्रालय, कानून न्याय तथा प्रदेश मामिला र महिला तथा बालबालिका, युवा तथा खेलकुदमन्त्रालयसहित चार मन्त्राय पाएको छ ।

जनमतले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र शिक्षा विज्ञान प्रविधि तथा वाणिज्य मन्त्रयसहित दुई मन्त्रालय पाएको छ भने माओवादी केन्द्रले उद्योग वन तथा पर्यटन मन्त्रालय पाएका छन् ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content