Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

कालिगण्डकीको शिला जनकपुरबाट अयोध्यातर्फ लगियो

१६ माघ,  जनकपुरधाम । भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा रामको मूर्ति बनाउन म्याग्दीको गलेश्वरधामबाट जनकपुरधाम ल्याइएका देवशीला सोमबार...

१६ माघ,  जनकपुरधाम । भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा रामको मूर्ति बनाउन म्याग्दीको गलेश्वरधामबाट जनकपुरधाम ल्याइएका देवशीला सोमबार बिहान अयोध्या पठाइएको छ ।

मिथिला परम्पराअनुसार शीलासँगै जनकपुरधामका तर्फबाट मिठाइ, लत्ताकपडालगायतका कोसेलीसहित पाहुर पठाइएको छ। जनकपुरबाट भारतको मुजफ्फरपुर–गोरखपुर हुँदै दुवै शीला १८ माघमा अयोध्या पुग्नेछ ।

यसअघि आइतबार साँझ धार्मिक विधि अनुसार नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र उनकी पत्नी अनामिका निधिले दुवै देवशीलाको पूजा गरेका थिए ।

शिला बिदाइ कार्यक्रममा जानकी मन्दिर प्राङ्गणमा ठूलो संख्यामा स्थानीयबासिन्दाको उपस्थिति थियो । शिलाका साथ कांग्रेस नेता निधि, जानकी मन्दिरका महत्थ रामतपेश्वर दास, राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलगायत जनकपुरधामबाट सयौं सहभागी छन् । जनकपुरबाट प्रस्थान गरेको शिला सोमबार मुजफ्फरपुर पुर्‍याएपछि त्यहाँ स्थानीयले स्वागत तथा पूजाअर्चना गर्ने कार्यक्रम छ ।

मंगलबार बिहान दुबै शिलासहितको टिम गोरखपुर प्रस्थान गर्ने कार्यक्रम छ। गोरखपुरबाट बुधबार बिहान अयोध्या पुगेपछि नेपालका तर्फबाट कांग्रेस नेता निधिले शिला हस्तान्तरण गर्ने कार्यक्रम छ। शिला पठाउने औपचारिक निर्णयपछि कालीगण्डकीमा माघ १ गते क्षमा पूजा गरिएको थियो। म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारको शिला क्रेनमार्फत निकालिएको थियो। १८ र १६ मेट्रिकटन तौल भएका सात फिट लम्बाइ पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुई शिला छन् ।

गत साउनमा भारत गएका निधिले अयोध्यामा निर्माणाधीन श्रीराम जन्मभूमि मन्दिरमा राख्ने धातुको धनुष नेपालमै निर्माण गर्ने र रामको प्रतिमा बनाउन आवश्यक शिला कालीगण्डकीबाट ल्याउने प्रस्ताव राखेका थिए।

जनकपुरधामस्थित जानकी मन्दिरकातर्फबाट धनुष राख्ने र रामको प्रतिमा नेपालको कालीगण्डकी क्षेत्रको शिलाबाट बनाउने निधिको प्रस्तावमा भारतीय पक्ष सहमत भएको थियो ।

यसपछि नेपाल फर्किएका निधिले नेपाल सरकारलाई भारतीय पक्ष नेपालका दुवै प्रस्तावमा सहमति भएको जानकारी दिँदै आवश्यक सहजीकरणको काम गरेका थिए ।


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content