Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

सिंचाईको समयमा तीन थान विद्युत् ट्रान्सफर्मर र पम्पसेट चोरी

वीरगंज, २२ मंसिर । रौतहटमा चोरहरूको गिरोह सक्रिय भएपछि जिल्लाको विभिन्न स्थानबाट तीन थान विद्युत ट्रान्सफर्मर र दुईवटा पम्पसेट चोरी भएको समा...

वीरगंज, २२ मंसिर । रौतहटमा चोरहरूको गिरोह सक्रिय भएपछि जिल्लाको विभिन्न स्थानबाट तीन थान विद्युत ट्रान्सफर्मर र दुईवटा पम्पसेट चोरी भएको समाचार छ । 
फतुवा विजयपुर नगरक्षेत्र अन्तर्गत विजयपुर सन्तपुर जाने कालोपत्रे सडक छेउमै सिंचाइ प्रयोजनको लागि रहेको विद्युत ट्रान्सफर्मर गएराती चोरी भएको छ । १०० एम्पिएरको ट्रान्सफर्मर अज्ञात समूहले चोरेर लगेको स्थानीय समाजसेवी चन्द्रकिशोर यादवले बताएका छन् । 
विद्युत ट्रान्सफर्मर चोरिए पछि भूमिगत सिचाइ आयोजनाबाट चल्ने डिप ट्युबवेल सेवा बन्द भएको छ। गहुँ खेतीको समयमा डिप ट्युबवेल सिंचाइ बन्द हुँदा फतुवा गाउँँका दर्जनौं किसान कठिनाइमा परेको मेयरका प्रत्यासी अजय यादवले बताएका छन् । किसानको समस्यालाई ध्यानमा राखी आयोजनाले अबिलम्ब उक्त स्थानमा अर्काे ट्रान्सफर्मर राखेर सिचाइ सेवा संचालन गराउन यादवले माग गरेका छन । यसअघि कटहरिया ४ बालुवा कटहरिया जाने बाटोमा डिप ट्युबवेल नजिक रहेको विद्युत ट्रान्सफर्मर चोरी भएको थियो । चोर समूहले उक्त डिप ट्युबवेल संग जोडिएको विद्युतको तार र १०० एम्पिएरको ट्रान्सर्पmमर चोरेर लगेको नेपाल विद्युत प्राधिकरण मौलापुर शाखाका प्रमुख संजिवकुमार दाशले बताए । 
त्यसैगरी बौंधीमाई नगरपालिका ४ दुर्गा मन्दिर छेउमा रहेको १०० एम्पिएरको विद्युत ट्रान्सफर्मर दुर्ई साता अघि  चोरी भएको थियो । प्राधिकरण प्रमुख दाशका अनुसार १०० एम्पिएरको एउटा ट्रान्सर्पmमरको बजार मूल्य ४ लाख रुपियाँँ पर्छ। चोरहरूले विद्युतरुको तारमाथि साइकलको  चेन फालेर ट्रान्सर्पmमरको फ्युज निष्क्रिय बनाएर चोरी गर्दछन। उनीहरूले ट्रान्सर्पmमर भित्र रहेको तामाको क्वाएल तार बिक्री गर्ने गरेको प्राधिकरण प्रमुख दाशले अनुमान गरेका छन् । 
यसैगरी, रौतहटको  फतुवा विजयपुर नगरपालिका अन्तर्गत एकै रातमा छुट्टाछुट्टै स्थान बाट दुर्ईवटा पम्पसेट चोरी भएको छ। गहुँवारीमा पानी पटाउन बोरिङमा जोडिएको ८ हर्षपावरको दुर्ईवटा पम्पसेट बुधवार राती चोरी भएको हो। फतुवा विजयपुर १ गमहरिया गाउँँ छेउ खेतमा रहेको स्थानीय सन्तलाल यादव र परमानन्द यादवको पम्पसेट चोरिभएको पीडितहरूले बताएका छन । 
गहुँको सिजनमा पम्पसेट चोरी हुनु तथा सिंचाइको अन्य सुविधा नहुनुले दर्जनौं किसान लाई ठूलो समस्या भएको स्थानीय किसान  दिपलाल यादवले दुखेसो पोखेका छन् ।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content