स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

आजको श्रीगढीमाई राष्ट्रिय दैनिक पढ्नुभयो ?

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

मधेशमा निर्णायक शक्तिको रुपमा उदाएको जनमतमा दलको नेता बन्ने होड

SHARE:

२ पुस, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टी मधेश प्रदेश सभाको निर्णायक शक्तिको रुपमा उदाएको छ ।

प्रत्यक्षतर्फ ६ र समानुपातिक तर्फ ७ गरी १३ सिटसहित मधेश प्रदेश सभाको चौथो शक्तिको रुपमा जनमतको उदय भएको हो ।

यो आकलन कसैले गरेका थिएनन् । जनमत मधेशमा सरकारको नेतृत्वको दाबी गरिरहेको छ । प्रत्यक्ष र समानुपातिकसहित प्रतिनिधि सभामा ६ सिट जितेको जनमत संघीय सरकारमा पनि सहभागी हुने तयारीमा छ ।

यो प्रदेशसमा २२ सिटसहित दोस्रो दलको हैसियतमा सत्ता गठबन्धन घटक कांग्रेस नेतृत्वको सरकार बन्ने सम्भवाना छ । यद्यपि केन्द्रमा हुने सहमति अनुसार नै मधेश प्रदेशमा सरकार बन्ने देखिन्छ ।

यस्तोमा अवस्थामा कांग्रेस वा जनमतको नेतृत्व गर्ने सम्भावना पनि यथावत नै छ । तर जनमतले नेतृत्व नपाएको खण्डमा केन्द्र र प्रदेशमा महत्वपूर्ण मन्त्रालय लिने रणनीति छ ।

योसँगै मधेश प्रदेशमा जनमत पार्टीमा दलको नेताको लागि पनि लविङ सुरु भएको छ ।

जनमतमा पनि अरु दल जस्तै दलको नेताका आकंक्षी धेरै देखिएका छन् । तर, चारजना मुख्य दाबेदार छन् ।

प्रत्यक्ष निर्वाचित सतिशकुमार सिंह र त्रिभुवन साह दाबेदार छन् भने समानुपातिक तर्फका बसन्त कुशवाहा र चन्दन सिंहको पनि दाबी छ । यी चारजना मध्ये एकजना दलका नेता हुने जनमतका एक शीर्ष नेताले बताए ।

सतिश सप्तरी क्षेत्र नं. २ (क) प्रदेशसभा क्षेत्रबाट जितेका हुन् । उनले प्रदेश सरकारका अर्थमन्त्रीसमेत रहेका जसपाका उम्मेदवार शैलेन्द्रप्रसाद साहलाई दोब्बर बढी मताअन्तरले पराजित गरेका हुन् । सतिश सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका पूर्वअध्यक्ष हुन् ।

तत्कालीन राजपाबाट उनले २०७४ मा चुनाव जितेका थिए । पछि जसपा हुँदै लोसपा भएपछि चुनावको केही दिन पहिला जनमत पार्टीमा प्रवेश गरेका थिए ।

वर्तमान मन्त्रीलाई दोब्बर बढी मतान्तरले पराजित गर्दै जित हातपार्नु र पहिला पाँच वर्ष गाउँपालिका चलाएको अनुभवको आधारमा योग्य रहेकाले आफू दलको नेताको दाबेदार रहेको उनी बताउँछन् ।

‘म लामोसमय जिल्लाको नेतृत्व गरेको छु । पाँच वर्ष पालिका प्रमुख भएर गाउँपालिका चलाएको छु । प्रत्यक्षबाट दोब्बर बढी मतान्तरले मन्त्रीलाई पराजित गर्दै जितेको हुँ । म मा नेतृत्व गर्ने क्षमता छ । यो हिसाबले म दलको नेताको आकंक्षी हुँ,’ सतिशले भने, ‘यद्यपि संगठनले गर्ने निर्णय सबैले मान्नु पर्छ’

अर्का दाबेदार त्रिभुभव सिरहा ४ (क) बाट पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता महेन्द्र पासवानलाई पराजित गर्दै जितेका हुन् ।

स्थानीय चुनावताका उनी जनमत पार्टीमा प्रवेश गरेका थिए । दुईवटा गठबन्धनका उम्मेदबारलाई आफूले पराजित गर्दै जित हात पारेको भन्दै उनी दलका नेताको लागि योग्य रहेको बताउँछन् । ‘कम्युनिष्टको किल्ला कसैले ढालेका थिएनन् । मैले दुईवटा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै जितेको हुँ । त्यस कारण दलको नेताको दाबेदार म पनि हुँ’,उनले भने ।

समानुपातिक तर्फका सांसदहरु पनि दलको नेताको आकंक्षी रहेको बताउँदै सांसद त्रिभुवनले पार्टी नेतृत्वले यसमा विचार गर्नु पने सुझाए ।

दलका नेताको अर्का प्रबल दाबेदार हुन् बसन्त कुशवाहा । उनी पार्टी उपाध्यक्ष हुन् । डा. राउत पछि पार्टीमा कुशवाहाकै पदीय क्रम छ ।

अनुभवी इन्जिनियर रहेका उनी विदेशमै बसेर लामोसमय काम गरेका छन् । उनी जनमतको विदेश विभाग प्रमुख पनि हुन् । पार्टीको वरीयता, प्राविधिक तथा प्रशासनिक राम्रो अनुभव, पार्टीको फुलटाइमर नेताको हिसाबले आफू पनि दलको नेताको दाबेदार रहेको उनको भनाइ छ ।

‘अध्यक्ष पछिको पार्टीको वरीयतामा मै छु । मसँग प्रशासनिक प्राविधक अनुभव करिब २० वर्षको छ । देश विदेशमा पनि म धेरै ठाउँमा काम गरिसकेका छु । यस हिसाबे म मुख्यमन्त्री बने विदेशीसँग गर्नुपर्ने डिलिंगमा विज्ञता राख्छु । परिपक्व छु । त्यस कारण म दलको नेताको आकंक्षी हुँ,’ कुशवाहाले भने ।

कुशवाहा जस्तै आकंक्षी छन् समानुपातिक चन्दन सिंह । उनी पार्टीका महासचिव हुन् । आफू दलको नेताको आकांक्षी हुनु स्वभाविक रहेको उनले बताए । ‘म आकंक्षी हुँ । यो विषयमा हामी विचार गर्दैछौं । छान्ने जिम्मा राष्ट्रिय अध्यक्षजीलाई नै दिएका छौं,’ सिंहले भने ।

जनमतभित्र दलको नेता प्रत्यक्ष वा समानुपातिकतर्फ बन्ने विषयमा मतभेद छ । प्रत्यक्षतर्फ जितेका अधिकांश सांसले प्रत्यक्ष तर्फबाटै दलको नेता चयन हुनु पर्ने पक्षमा छन् । तर, समानुपातिक तर्फका सांसद भने योग्य व्यक्ति प्रत्यक्ष वा समानुपातिक जेबाट भए पनि दलको नेता छनोट गर्नुपर्ने तर्क गर्छन् ।

प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी १०७ सिट रहेको मधेश प्रदेशसभामा २३ सिटसहित एमाले पहिलो, २२ सिटसहित कांग्रेस दोस्रो १६ सिटसहित जसपा तेस्रो हैसियतमा छ ।

१३ सिटसहित जनमत चौथो छन् भने पाँचौ स्थानमा लोसपा छन् । उसको ९ सिट रहेको छ भने ८ सिटसहित माओवादी केन्द्र छाठौं र ७ सिटसहित एकीकृत समाजवादी सातौं दलको हैसियतमा पुगेको छ । यस प्रदेशसभामा ६स्वतन्त्र सांसद छन् । राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको पनि एक/एक सिट रहेको छ ।


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

एउटा लाइक गरेर मनोबल बढाउनुहोस्

Name

news,2344,tech,3,अर्थ,5,कृषि,11,फिचर,6,भिडियो,5,विचार,8,विचित्र खबर,5,विज्ञान प्रविधि,6,विशेष,12,समाचार,12,सम्पादकीय,5,
ltr
item
श्री गढीमाई राष्ट्रिय दैनिक: मधेशमा निर्णायक शक्तिको रुपमा उदाएको जनमतमा दलको नेता बन्ने होड
मधेशमा निर्णायक शक्तिको रुपमा उदाएको जनमतमा दलको नेता बन्ने होड
श्री गढीमाई राष्ट्रिय दैनिक
https://www.shreegadhimaidaily.com.np/2022/12/blog-post_35.html
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/
https://www.shreegadhimaidaily.com.np/2022/12/blog-post_35.html
true
8891381760893256154
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content