Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

वीरगञ्जको मितेरी पुलदेखि रजतजयन्तीसम्मको सडक कालोपत्रे हुँदै

२४ कात्तिक, वीरगञ्ज । वीरगञ्जमा लामो समयदेखि जीर्ण रहेको सडक मर्मत भइरहेको छ । रजत जयन्ती चोकदेखि मितेरी पुलसम्मको जीर्ण सडकमा प्याचिङ र ओभर...

२४ कात्तिक, वीरगञ्ज । वीरगञ्जमा लामो समयदेखि जीर्ण रहेको सडक मर्मत भइरहेको छ । रजत जयन्ती चोकदेखि मितेरी पुलसम्मको जीर्ण सडकमा प्याचिङ र ओभरले गर्ने गरी काम भइरहेको हो ।

नेपाल–भारत जोड्ने मुख्य नाका वीरगञ्ज–रक्सौलको मितेरी पुलको नेपाल तर्फ पर्ने १३७ मिटर खण्ड पनि कालोपत्रे हुने भएको छ ।

मितेरी पुलदेखि उत्तर शंकराचार्यद्वार, भन्सार कार्यालय हुँदै रजतजयन्ती चोकसम्मको सडक जीर्ण हुँदा आवागमनमा समस्या हुँदै आएको थियो । व्यापारिक विस्तार मार्ग विस्तार आयोजना कार्यालय मार्फत ठेक्का लिएको समा कन्स्ट्रक्सनले अहिले धमाधम काम गरिरहेको छ । त्यस क्षेत्रमा १४ मिटर चौडा सडकमा कालोपत्रे गर्न लागिएको छ ।

अहिले एकातर्फको ७ मिटरमा प्राइम कोट भइरहेको छ । एकातर्फको काम सकिएपछि अर्कोतिर काम अघि बढाउने आयोजना कार्यालयले जनाएको छ ।

वीरगञ्जको जीर्ण सडक मर्मतका लागि भन्दै व्यापारिक मार्ग विस्तार आयोजना कार्यालयले दुई वटा प्याकेजमा ठेक्का लगाउने गरी २०७८ को पुस ५ पुसमा सूचना निकालेको थियो । ५/५ करोड रुपैयाँको दुई वटा प्याकेजमा सडक मर्मत गर्ने योजना थियो ।

अनलाइन आवेदन माग गर्दा रजत जयन्ती चोकदेखि मितेरी पुलसम्मको १.३ किलोमिटर सडकका लागि समा कन्सट्रक्सन र पावरहाउस चोकदेखि रजतजयन्ती चोकसम्मका लागि सागर/निरीक्ष जेभीले आवेदन दिएका थिए ।

प्राविधिक मूल्यांकनमा दुवै कम्पनी पास भए । आर्थिक प्रस्ताव गर्दा सागर/निरीक्ष जेभीले लागत अनुमान गरिएभन्दा ०.३४ प्रतिशत बढी रकम राखेर प्रस्ताव गरेपछि ठेक्का रद्ध गरियो । घण्टाघर क्षेत्रको सडक वीरगञ्ज महानगरपालिकाले कालोपत्रे नै गरिसकेको छ भने पावरहाउस चोकमा सडक अझै जीर्ण छ ।

व्यापारिक मार्ग विस्तार योजना कार्यालय पथलैयाका इन्जिनियर सञ्जिव कुमार गुप्ताले चुनाव अघि एक चरणको कालोपत्रे सक्काउने गरी काम अघि बढीरहेको जानकारी दिए । तर मालवाहक सवारी साधनको निरन्तरको चापले गर्दा काम गर्न कठिनाइ भइरहेको उनको भनाइ छ ।

अर्को खण्डमा समा कन्सट्रक्सनले १.३४ प्रतिशत कममा आर्थिक प्रस्ताव हालेको थियो । २५ फागुनमा साढे तीन महिनामा काम सक्ने गरी योजना कार्यालयले समासँग सम्झौता गरेको थियो । समाले काम सुरु गर्न सामान पनि खसालेको थियो । तर मिलेमतोमा ठेक्का हुन लागेको भन्दै सगरमाथा इन्फ्राटेक प्रालिको तर्फबाट दीपेशमान महर्जनले सर्वोच्च अदालतमा १३ फागुनमा नै मुद्दा दर्ता गरिसकेका रहेछन् । मुद्दा टुंगो नलाग्दा काम अघि बढ्न सकिरहेको थिएन ।

भदौ २३ गते अदालतले मुद्दा तामेलीमा राखिदिएपछि काम गर्ने बाटो खुलेको थियो । कानुनी भाषामा सामान्यतः तामेली भन्नाले कुनै काम सम्पन्न भइसकेको वा मुद्दाको रोहमा अब थप कुनै निर्णय गर्न नपर्ने गरी मुद्दा टुग्याउने कार्य भन्ने बुझिन्छ ।

जीर्ण सडक मर्मतका लागि वीरगञ्जका मेयर राजेशमान सिंह, पूर्व वन तथा वातावरणमन्त्री प्रदीप यादवले पनि चासो राख्दै आएका थिए । यादवले साउन २८ गते तिलावे पुल उदघाटनका लागि आएका पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री इस्तियाक राईलाई लगेर नाका क्षेत्रको स्थलगत अवलोकन गराएका थिए । राईले एक साताभित्र काम शुरु गराउने प्रतिबद्धता जनाए पनि काम भने शुरु हुन सकेको थिएन ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल पनि जीर्ण सडक मर्मत गराउन पहल गरेका थिए ।

काम शुरु भएपछि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सामाजिक सञ्जाल फेसबुकमा सबैको प्रयासले वीरगञ्जको मितेरी पुल–शंकराचार्य सडकखण्ड कालोपत्रे गर्ने कार्य शुरु भएको लेखेका छन् ।

मालवाहक गाडीको चापले समस्या

व्यापारिक मार्ग विस्तार योजना कार्यालय पथलैयाका इन्जिनियर सञ्जिव कुमार गुप्ताले चुनाव अघि एक चरणको कालोपत्रे सक्काउने गरी काम अघि बढीरहेको जानकारी दिए । ‘देशको मुख्य नाकामा नै धुलो उडिरहेको थियो, जसले गर्दा नाका हुँदै ओहोर–दोहोर गर्ने सबै समस्यामा थिए,’ उनले भने ‘गुनासो निरन्तर आइरहेको थियो । चुनाव अघि नै एक लेयरको पीच सकाउने लक्ष्यका साथ काम अघि बढाएका छौं ।’

तर मालवाहक सवारी साधनको निरन्तरको चापले गर्दा काम गर्न कठिनाइ भइरहेको उनको भनाइ छ ।

मालबाहक सवारीले निर्माण क्षेत्रमा लगाएको डोरी, डाइभर्सन समेत हटाइदिएर काममा अप्ठेरो भइरहेको उनले बताए । ‘बुधबार पुलको छेउदेखि भन्सारसम्मको काम सक्ने लक्ष्य थियो । ट्राफिक व्यवस्थापन हुन नसक्दा सकिएन,’ उनले भने, ‘चारपांग्रे भन्दा पनि, ठूला मालबाहक गाडीले गर्दा समस्या भइरहेको छ । एक लेयरको पीच गरेपछि अर्को लेयर पीच अलि पछि गर्दा पनि हुन्छ ।’

बेस हालेर प्राइम कोट गरेको सडकमा भारी सवारी साधन गुड्दा दब्ने हुँदा पुनः बेस तयार गर्नुपर्ने झन्झट हुने उनले बताए । ८ दिनजति भारी सवारी साधन रोक्न सकिएन भने लक्ष्य अनुसारको काम नहुने उनको तर्क छ । कालोपत्रे गर्ने सडकमा धेरै पानी हाल्न नहुने बताउँदै इन्जिनियर गुप्ताले अब केही दिनमा धुलो उड्ने समस्या समाधान हुने बताए ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले भने आफूले सरोकारवाला निकाय राखेर यो समस्या समाधानका लागि निर्देशन दिइसकेको बताए । कार्यालय प्रमुखहरुको बैठकमा ठूला मालबाहक सवारी आउँदा समस्या हुन्छ भन्ने कुरा यो कुरा उठेको थियो ।  उनले भने, ‘मैले भन्सार प्रमुख, व्यापारिक मार्गको डिई, सशस्त्र र नेपाल प्रहरीका प्रमुखलाई राखेर यसबारेमा भनिसकेको छु ।’

उनले जनताको समस्या समाधानका लागि भइरहेको काममा कुनै पनि बाधा व्यवधान नहोस् भनेर निर्देशन दिइएको उनले बताए ।

 


COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content