सन्दिप प्रसाद यादव
कलैया ,बारा ।
बारामा अहिले चुनावी सरगमी बढेको बेला क्षेत्र नम्बर -३ मा विकासको कुरालाई विवाद सुरु भएको छ ।प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मुखमा अाएर अहिले कानुनी झमेलाहरु सुरु भएको छ।सबै नेता प्रचारप्रसारमा रहेका बेला जसपा मधेस प्रदेश अध्यक्ष एवम् बारा क्षेत्र नम्बर -३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामबाबु कुमार यादव विरुद्ध जिल्ला अदालत बारामा मुद्दा परेको छ।सिमरा कोल्हबी सडक खण्डमा पर्ने बडहर्वा पुलको बिषयलाई लिएर अहिले विपक्षीले पटक पटक हालेको मुद्दा र फेरि अर्को मुद्दा सल्बाई दिएका छन।

२ बर्ष देखि अलपत्र अवस्थामा रहेको बडहर्वा पुलको काम ६ महिना अगाडि स्थानीय तह ,क्रसर सञ्चालक तह सरोकारवाला सबैलाई राखेर सञ्चालनमा ल्याएको भएपनि अहिले विपक्षीहरुले अाफू विरुद्ध प्रपन्च नै रचेको र अाफ्नो राजनीति जीवन समाप्त पार्न लागेको जसपाका मधेस प्रदेश अध्यक्ष एवम् बारा क्षेत्र नम्बर -३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामबाबु कुमार यादवले बताउनुभयो।जिल्ला अदालत बारामा फिराद पत्र चढाएर अाएपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले भने अहिले अाफ्नो राजनीति जीवन र पुल भत्काउने काम जुन भएको छ ,त्यो सरासर विपक्षीहरुलाई अाफू विरुद्ध षड्यन्त्र गरेको प्रष्ट भएको बताउनुभयो।विगतमा मैले साँसदको नाता त्यहाँ अधिकाँश सरोकारवालासँग घनघोर छलफल गरे ,स्थानीय तहको पनि सहभागिता थियो ।तर अहिले एक्कासि चुनावको मुखमा अाएर अदालतमा मुद्दा दिनु त्यो पनि अपहेलनाको साजी र जलसाजी बाहेक केही नभएको जसपाका मधेस प्रदेश अध्यक्ष एवम् बारा क्षेत्र नम्बर -३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार यादवले बताउनुभयो।
चुनावको बेला विभिन्न मुद्दा र लाञ्छना लगाई अाफूलाई बदनाम गराउने स्थिति अाएकोले कानुनी व्यावसायीसँग छलफल गरि अदालतमा फिराद पत्र चढाएको छु ,तर यो मुद्दा जसरी भएपनि जित्नुपर्ने हुन्छन् ,नत्र मेरो राजनीति जीवन र पुलसँग जोडिएको नागरिकको जीवन धरापमा पर्ने पनि वहाँले बताउनुभयो।विगतमा -३ मा क्षेत्रका जनताको अावाज मैले संसद पुर्याएको ,काम गरेको देखेर अहिले बारामा डाह गर्ने बढेकोले विकासका कुरालाई लिएर अाफु विरुद्ध खेदो खनेको वहाँले बताउनुभयो ।अाफूले सो पुलको दुवै तर्फ माटो भर्न लगाई सञ्चालन मात्र गराएको तर पुल अगाडि नै बनेकोले सो पुलको बारेमा अाफूले त्यसको विस्तृत बारे जानकारी समेत नभएको बताउनुभयो।सखवा हाउजिंग कम्पनी प्रा.लि.का तर्फबाट रामेश्वर प्रसाद यादवले केही दिन अगाडि जिल्ला अदालत बारामा मुद्दा दर्ता गराएका छन् ।कित्ता नम्बर ४३१ को १ बिगाहा र कित्तानम्बर ४३५ को ३ बिगाहा जग्गा जबर्जस्ती मिचेर माटो पुर्न लगाएको ,सो जग्गालाई खेत बनाउन ,माटो हटाउन र अदालतमा लागेको सबै शुल्क विपक्षीबाट तिर्न लगाउनु भनेर निवेदन उल्लेख गरिएका छन् ।बारामा अहिले चुनावी सरगमीको बेला यो मुद्दा निकै चर्चामा रहेकोले सबै सरोकारवालाको ध्यानाकर्षण भएको कलैयाका स्थानीयबासीले बताएका छन्।
प्रतिक्रिया