Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

सिमरा कोल्हबी सडक खण्डमा पर्ने बडहर्वा पुलको कामलाई लिएर अाफू विरोध षड्यन्त्र भएको जसपा नेता रामबाबु प्रसाद यादवको भनाइ

सन्दिप प्रसाद यादव कलैया ,बारा । बारामा अहिले चुनावी सरगमी बढेको बेला क्षेत्र नम्बर -३ मा विकासको कुरालाई विवाद सुरु भएको छ ।प्रतिनिधि सभा र...

सन्दिप प्रसाद यादव
कलैया ,बारा ।
बारामा अहिले चुनावी सरगमी बढेको बेला क्षेत्र नम्बर -३ मा विकासको कुरालाई विवाद सुरु भएको छ ।प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मुखमा अाएर अहिले कानुनी झमेलाहरु सुरु भएको छ।सबै नेता प्रचारप्रसारमा रहेका बेला जसपा मधेस प्रदेश अध्यक्ष एवम् बारा क्षेत्र नम्बर -३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामबाबु कुमार यादव विरुद्ध जिल्ला अदालत बारामा मुद्दा परेको छ।सिमरा कोल्हबी सडक खण्डमा पर्ने बडहर्वा पुलको बिषयलाई लिएर अहिले विपक्षीले पटक पटक हालेको मुद्दा र फेरि अर्को मुद्दा सल्बाई दिएका छन।


२ बर्ष देखि अलपत्र अवस्थामा रहेको बडहर्वा पुलको काम ६ महिना  अगाडि स्थानीय तह ,क्रसर सञ्चालक तह सरोकारवाला सबैलाई राखेर सञ्चालनमा ल्याएको भएपनि अहिले विपक्षीहरुले अाफू विरुद्ध प्रपन्च नै रचेको  र अाफ्नो राजनीति जीवन समाप्त पार्न लागेको जसपाका मधेस प्रदेश अध्यक्ष एवम् बारा क्षेत्र नम्बर -३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामबाबु कुमार यादवले बताउनुभयो।जिल्ला अदालत बारामा फिराद पत्र चढाएर अाएपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले भने अहिले अाफ्नो राजनीति जीवन र पुल भत्काउने काम जुन भएको छ ,त्यो  सरासर विपक्षीहरुलाई अाफू विरुद्ध षड्यन्त्र गरेको प्रष्ट भएको बताउनुभयो।विगतमा मैले साँसदको नाता त्यहाँ अधिकाँश सरोकारवालासँग घनघोर छलफल गरे ,स्थानीय तहको पनि सहभागिता थियो ।तर अहिले एक्कासि चुनावको मुखमा अाएर अदालतमा मुद्दा दिनु त्यो पनि अपहेलनाको साजी र जलसाजी बाहेक केही नभएको जसपाका मधेस प्रदेश अध्यक्ष एवम् बारा क्षेत्र नम्बर -३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार यादवले बताउनुभयो।


चुनावको बेला विभिन्न मुद्दा र लाञ्छना लगाई अाफूलाई बदनाम गराउने  स्थिति अाएकोले कानुनी व्यावसायीसँग छलफल गरि अदालतमा फिराद पत्र चढाएको छु ,तर यो मुद्दा जसरी भएपनि जित्नुपर्ने हुन्छन् ,नत्र मेरो राजनीति जीवन र पुलसँग जोडिएको नागरिकको जीवन धरापमा पर्ने पनि वहाँले बताउनुभयो।विगतमा -३ मा क्षेत्रका जनताको अावाज मैले संसद पुर्याएको ,काम गरेको देखेर अहिले बारामा डाह गर्ने बढेकोले विकासका कुरालाई लिएर अाफु विरुद्ध खेदो खनेको वहाँले बताउनुभयो ।अाफूले सो पुलको दुवै तर्फ माटो भर्न लगाई सञ्चालन मात्र गराएको तर पुल अगाडि नै बनेकोले सो पुलको बारेमा अाफूले त्यसको विस्तृत बारे जानकारी समेत नभएको बताउनुभयो।सखवा हाउजिंग कम्पनी प्रा.लि.का तर्फबाट रामेश्वर प्रसाद यादवले केही दिन अगाडि जिल्ला अदालत बारामा मुद्दा दर्ता गराएका छन् ।कित्ता नम्बर ४३१ को १ बिगाहा र कित्तानम्बर ४३५ को ३ बिगाहा जग्गा जबर्जस्ती मिचेर माटो पुर्न लगाएको ,सो जग्गालाई खेत बनाउन ,माटो हटाउन र अदालतमा लागेको सबै शुल्क विपक्षीबाट तिर्न लगाउनु भनेर निवेदन उल्लेख गरिएका छन् ।बारामा अहिले चुनावी सरगमीको बेला यो मुद्दा निकै चर्चामा रहेकोले सबै सरोकारवालाको ध्यानाकर्षण भएको कलैयाका स्थानीयबासीले बताएका छन्।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content