Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

श्री गढीमाई राष्ट्रिय दैनिक पढ्नुहोस्
कृपया पर्खनुहोस्, लोड हुँदैछ...

औद्योगिक सम्बन्ध विस्तार गर्न वीउवासंघको टोली सिंगापुर र भियतनामको लागि प्रस्थान

वीरगंज, १६ कार्तिक । वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा ३६ सदस्यीय व्यापारिक भ्रमण प्रतिनिधि मण्डल बुधव...

वीरगंज, १६ कार्तिक ।
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताको नेतृत्वमा ३६ सदस्यीय व्यापारिक भ्रमण प्रतिनिधि मण्डल बुधवार सिंगापुर र भियतनामको लागि प्रस्थान गरेको छ । भ्रमणको क्रममा द्विपक्षीय व्यापार विस्तार प्रबद्धन गर्ने, निर्यात भइरहेको नेपाली वस्तुहरूको परिमाणमा वृद्धि गर्ने, नेपाली वस्तुहरू निर्यातको लागि बजारको पहिचान गर्ने, संस्थागत सम्बन्ध विस्तार गरिने, दुवै देशका उद्योगी व्यवसायीहरूसँग बी टु बी मिटिङ गरी वैदेशिक लगानीको लागि आग्रह गर्ने, अन्तर्राष्ट्रिय पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य रहेको अध्यक्ष डा. गुप्ताले बताउनुभयो ।
भ्रमणको क्रममा नेपालको भौगोलिक अवस्थिति, उद्योग, व्यापारको अवस्था, हाइड्रोपावर र पर्यटनको सम्भावना, शिक्षा, सूचना प्रविधिका बिषयहरू उजागर गरिने अध्यक्ष डा. गुप्ताले बताउनुभयो ।
त्यस्तै नेपालमा रहेको खनिज पदार्थ, जडिबुटी, प्राकृतिक छट्टा, शिक्षा अध्ययन केन्द्र निर्माण गर्न सकिने सम्भावनाको वारेमा पनि चर्चा गरिने र यस्ता क्षेत्रहरूमा लगानीको लागि आग्रह गरिने अध्यक्ष डा. गुप्ताले बताउनुभयो ।
सिंगापुरले अन्तर्राष्ट्रिय व्यापार र कनेक्टिभिटीमा गरेको प्रगति र भियतनामले सूचना प्रविधिको क्षेत्रमा प्रगति गरेकोले आनो देशमा समेत लागु गर्नको लागि त्यस्ता सूचना प्रविधिको वारेमा बुझिने, ती मुलुकहरूमा रहेका इण्डष्ट्रियल पार्कहरूको अवलोकन गरिने, तिनीहरूले उत्पादनका लागि अपनाएका उत्पादन प्रक्रियाका वारेमा अध्ययनका लागि सिंगापुर र भियतनामका उद्योग वाणिज्य संघहरूसंग छलफल गरिने भएकोले सङघबाट भइरहेको व्यापारिक भ्रमण हाम्रो लागि कोशेढुङ्गा साविक हुने डा. गुप्ताले बताउनु भयो ।
वीरगंज उद्योग वाणिज्य संघका सचिवालयले आयोजना गरेको एक कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल तथा द्वितीय उपाध्यक्ष हरिप्रसाद गौतमले शुभकामना मन्तव्य प्रकट गर्नु भएको भयो र भ्रमण टोलीका सदस्यहरूलाई फूलमाला, खादा तथा टीका लगाई भ्रमणको सफलताको शुभकामना दिंदै विदाई गर्नुभएको हो । 

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content