वीरगंज, २७ असोज । 
	शुक्रवार दिउँसो वीरगंज महानगरपालिका–२४ ड्राइपोर्ट क्ष्Fेत्रमा अर्को दुर्घटना हुंदा एकजना भारतीय नागरिकको मृत्यु भएको छ । 
	ड्राइपोर्टको मूलगेटमा भएको दुर्घटनामा भारत बिहार, पूर्वी चम्पारण निवासी ३५ वर्षीय सन्तोष कुशवाहाको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार कुशवाहालाई प्र २–०३–२० ख ८७८९ को लहरीले किचेपछि उनको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले लहरी चालकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 
	यसअघि आजै बिहान दुर्घटना हुंदा पोखरिया–१ निवासी बिघा रामको मृत्यु भएको थियो । 
 
							     
							     
							     
							    


 
 
 
प्रतिक्रिया