युक्रेन। युक्रेनको दक्षिणी क्षेत्र खेरसनस्थित रुसको कब्जामा रहेको एउटा महत्त्वपूर्ण भूभागलाई रुसी नियन्त्रणबाट मुक्त गर्न युक्रेनी सेना सफल...
युक्रेन। युक्रेनको दक्षिणी क्षेत्र खेरसनस्थित रुसको कब्जामा रहेको एउटा महत्त्वपूर्ण भूभागलाई रुसी नियन्त्रणबाट मुक्त गर्न युक्रेनी सेना सफल भएको छ ।
खेरसनको देभीदिभ ब्रिड र सो क्षेत्र वरपर रहेका कैयौँ गाउँहरू पुनः आफ्नो कब्जामा लिएको युक्रेनी रक्षा मन्त्रालयले जनाएको छ। युक्रेनको उत्तरपूर्वी क्षेत्रमा पनि रुसी फौज पछाडि हट्न बाध्य भइसकेको र अहिले दक्षिणी क्षेत्रमा पनि परास्त हुँदै गएको समाचारमा उल्लेख छ।
यसैबीच युक्रेनलाई थप ६२५ मिलियन डलर सैन्य सहायता उपलब्ध गराउने अमेरिकाले बताएको छ ।
COMMENTS